default_image

1 year ago

March 2, 2023

सुवासले दिलाए नेपालाई पहिलो सफलता

143 views

0 Bookmark

आजमान(हाम्रो खेलकुद) – स्पिनर सुवास भण्डारीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले १७.२ ओभरमा १ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।युएईका ओपनर अर्यान सक्सेना ५६ बलमा ५ चौकासहित ३२ रनमा क्रिजमा छन् । ओपनर अर्यान्श शर्मा ५० बलमा ४ चौकासहित ३२ रनमा बोल्ड आउट भए ।

स्पिनर सुवास भण्डारीले १८ औं ओभरको दोस्रो बलमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । युएईलाई अव जितको लागि १ सय ९५ बलमा १ सय २५ रन बनाउनु पर्ने हुन्छ । नेपाललाई जितको लागि ९ विकेट लिनुपर्ने हुन्छ ।

आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८। ५ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । देव बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपाल यस खेलमा विजयी भएमा आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि पहिलो यू१९ विश्वकप खेल्ने सोचमा छ ।

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

Success

Thank you for your time.