default_image

1 year ago

March 5, 2023

कुशलले युएईसँगको खेल गुमाउने

दुबई (हाम्रो खेलकुद) – नेपाली किकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँगको खेल गुमाउने भएका छन् । बायाँ खुट्टाको ग्रोइन समस्या पुन बल्झिएपछि कुशलले युएई भ्रमणमा अन्तिम खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । कुशलले गत बुधबार ग्रोइन समस्याको कारण टोलीको अभ्यास […]

263 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली किकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँगको खेल गुमाउने भएका छन् । बायाँ खुट्टाको ग्रोइन समस्या पुन बल्झिएपछि कुशलले युएई भ्रमणमा अन्तिम खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

कुशलले गत बुधबार ग्रोइन समस्याको कारण टोलीको अभ्यास गरेका थिएनन् । त्यसपछि कुशल बिहीबार युएईसँग पाँच र पपुवा न्युगिनीसँग रोयल डक आउट भएका थिए । पूर्ण रुपमा फिट नभएपनि उनले खेल्ने प्रयास गरेका थिए । तर सफल हुन सकेनन् । कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

कुशलको स्थान सन्दीप जोराले लिने भएका छन् । सन्दीप जोरा नेपाली टोलीमै भएपनि अन्तिम १४ जना खेलाडीको सुचिमा थिएनन् । कुशलले दुई साता अघि नामिबियालाई हराउन १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

उनको शतकको सहयोगमा नेपालले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक ठूलो २ सय ८६ रनको विजयी लक्ष्य पूरा गर्न सफल भएको थियो । त्यसपछि भने कुशल स्कटल्यान्डसँग १६ रनमा आउट भएका थिए । नामिबिया र स्कटल्यान्डसँग एक एक रनमा आउट भएका थिए ।

कुशल आउट भएपछि नेपालले ओपनरको रुपमा ज्ञानेन्द्र मल्ललाई गराउनेछ । ज्ञानेन्द्रसँग ओपनरको लामो अनुभव छ । ज्ञानेन्द्र र आसिफ शेख ओपनरको रुपमा खेल्नेछन् ।

आसिफले पपुवा न्युगिनीलाई हराउन ८६ रनको उत्कृष्ट इनिङ खेलेका थिए । ज्ञानेन्द्र युएई भ्रमणमा क्रमश ४, ० र ६ रनमा आउट भएका छन् । यदि सन्दीप जोरालाई प्लेइङ ११ मा खेलाएमा तल्लोक्रममा ब्याटिङ गर्नुपर्ने हुन्छ ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । यस सिरिजपछि नेपालले ९ मार्चदेखि घरेलु मैदानमा युएई र पपुवा न्युगिनीसँग सिरिज खेल्नेछ । शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन नेपालले बाँकी पाँच मध्य तीन खेल जित्नुपर्ने हुन्छ । कुशल घरेलु मैदानसम्मको खेलमा फिट हुने अनुमान गरिएको छ ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Success

Thank you for your time.