default_image

1 year ago

March 10, 2023

पिएनजीसँग युएईको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – युनाइटेड अरव इमिरेट्स (युएई) आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको छ। युएईको लिग २ मा पिएनजीसँग लगातार चौथो हार हो । युएईको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना समाप्त हुँदा सोझै ओडिआई मान्यता प्राप्त पनि जोखिममा परेको छ । अव युएईले सोझै ओडिआई […]

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युनाइटेड अरव इमिरेट्स (युएई) आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएको छ। युएईको लिग २ मा पिएनजीसँग लगातार चौथो हार हो ।

युएईको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने सम्भावना समाप्त हुँदा सोझै ओडिआई मान्यता प्राप्त पनि जोखिममा परेको छ । अव युएईले सोझै ओडिआई मान्यता प्राप्त गर्न बाँकी तीन खेलनै जित्नुपर्ने हुन्छ । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो ।

युएईका २१ वर्षीय बायाँ हाते ब्याटर आर्यन लाक्राले ७२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । युएईलाई ओपनर तथा कप्तान मोहम्मद वासिमले २७ बलमा ४ चौका र ३ छक्कासहित ४१ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए । वासिम तीव्र गतिका बलर काबुआ मोरेआको सातौं ओभरको पहिलो बलमा एक्स्ट्रा कभरमा राइली हेकुरेबाट क्याच आउट भएका थिए ।

हेकुरेले अर्का ओपनर आसिफ खानलाई ११ रनमा कट एण्ड बोल्ड आउट गरे । असद भालाले वृत्य अरविन्दलाई शून्यमा चाल्स अमिनीबाट क्याच गराएपछि युएई ७१–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि सिपी र आर्यन लाक्राले ५० रनको साझेदारी गरेका थिए ।

सिपी रिजवान ४६ बलमा २ चौकासहित १९ रनमा रन आउट भए । आर्यनसँग तालमेल नमिल्दा रन आउटको शिकार हुन पुगेका थिए । असद भालाको ३१ औं ओभरको अन्तिम बलमा रोहन मुस्तफा ११ रनमा एलबीडब्लू आउट भए । त्यसअघिको ओभरमा हिरि हिरिले १० रनमा मुस्तफालाई जीवनदान दिएपनि सदुपयोग गर्न सकेनन् ।

मुस्तफा आउट भएको लगत्तै अर्को बलमा लाक्रा भानुवाको बलमा भालाबाट क्याच आउट भएपछि युएई समस्यामा परेको थियो । पिएनजीका राइली हेकुरेले सर्वाधिक तीन विकेट लिए । असद भाला र कबुआ मोरेआले दुई दुई विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । पिएनजीका सेसे बाउ १ सय ६ बलमा १० चौकासहित सर्वाधिक ८१ रनमा अविजित रहे ।

ओपनर हिरि हिरि ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रनमा बोल्ड आउट भए । करिअरको उत्कृष्ट प्रदर्शन गरेका हिरि आयन खानको बलमा बोल्ड आउट हुन पुगे ।

यसअघि तल्लोक्रममा खेल्ने हिरिलाई पिएनजीले टोनी उराको स्थानमा ओपनिङ गराएको थियो । उराको अभ्यासकोक्रममा खुट्टामा चोट लागेपछि हिरिले ओपनिङ गरेका थिए ।

हिरि आउट हुनुअघि पिएनजी ३१.२ ओभरमा १८४–१ को बलियो अवस्थामा थियो । ३१ औं ओभरको तेस्रो बलमा हिरि र चौथो बलमा असद भालालाई बोल्ड गर्दै आयन खानले युएईलाई खेलमा फर्काएका थिए ।

अन्तिम १ सय १२ बलमा पपुवा न्युगिनीले ८ विकेट गुमाउँदै ६२ रन मात्रै जोडेपछि विशाल योगफलबाट चुकेको हो । दोस्रो विकेटका लागि हिरि र सेसे बाउले १ सय १२ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी पिएनजीको ओडिआईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी थियो ।

यसअघि ओडिआईमा पिएनजीको उच्च साझेदारी नेपालविरुद्ध गत वर्ष चौथो विकेटका लागि लेगा सियाका र सेसे बाउले १ सय १० रनको गरेका थिए ।

पिएनजीलाई ओपनर किप्लिङ डोरिगा र हिरिले १०.१ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा आयन खानको बलमा ५५ रनमा एलबीडब्लू आउट हुँदै पेभेलिएन फर्केका थिए । डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

चाल्स अमिनी ४, राइली हेकुरे १ र चाद सोपर १० रनमा आउट भए । नर्मन भानुवा १० रनमा आउट भए । युएईका आयन खानले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए ।

रोहन मुस्तफाले १० ओभरमा १ मेडनसहित २४ रन खर्चेर १ विकेट लिए । जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । जहुर खानले दुई र कार्तिक मयाप्पनले एक विकेट लिए । युएईले आइतबार र पपुवा न्युगिनीले सोमबार नेपालविरुद्ध खेल्नेछन् ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.