default_image

1 year ago

March 11, 2023

युएईलाई हराउँदै ओडिआई मान्यता पक्का गर्ने सोचमा नेपाल

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ ।

घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न चाहन्छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ ।

नेपालले यदि आइतबार युएईलाई हराउँदा ३६ अंकका साथ चौथो स्थानमा उक्लिनेछ । बाँकी दुवै खेलमा पराजित भएपनि नेपाल शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउनेछ । त्यसैले नेपालको लक्ष्य युएईलाई हराउँदै ओडिआई मान्यता पक्का गर्ने हुनेछ ।

यता युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा हुनेछ । युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । नेपालसँग पराजित भएमा ओडिआई मान्यता सोझै प्राप्त गर्ने अवसर निकै कठिन बन्नेछ । नेपालसँग पराजित हुँदा ओडिआई बचाउन युएईले बाँकी दुई खेलमा अप्रत्याशित फराकिलो जित हात पार्नुपर्ने हुन्छ ।

यता नेपालले पछिल्ला ९ मध्य ८ खेलमा जित हात पारेको छ । पछिल्ला पाँच घरेलु मैदानमा नेपाल पराजित भएको छैन । उता युएईले पछिल्ला १० खेलमा २ मा मात्रै जित हात पारेको छ । नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । युएई भने शीर्ष तीन दौडबाट बाहिरिएको छ ।

अव विश्वकप छनोटमा स्थान बनाउन क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको थियो । उक्त खेलमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।

ओपनर कुशल भुर्तेल र आसिफले पहिलो विकेटका १ सय १० रनको सानदार शतकीय साझेदारी गरेका थिए । नेपालको बलिङमा कुनै परिवर्तनको सम्भावना छैन । स्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलर करण केसी र सोमपाल कामी प्रमुख बलरको रुपमा रहनेछन् ।

ज्ञानेन्द्र मल्लको प्रदर्शन टिमको लागि चिन्ताको विषय बनेको छ । तर नेपालले ज्ञानेन्द्रलाई थप विश्वास गर्ने देखिन्छ । त्यसैले नेपालको टोलीमा परिवर्तनको सम्भावना कम देखिन्छ ।

यता युएईको मध्यक्रम ब्याटिङ निकै खराब रहँदै आएको थियो । मध्यक्रम सुधारको लागि अर्यांश शर्मालाई डेब्यू दिनसक्छ । मोहम्मद वासिम र वृत्य अरविन्दबाट युएई राम्रो प्रदर्शन चाहन्छ । मध्यक्रममा रोहन मुस्तफाको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

उता ओपनर आसिफ खानले नेपालविरुद्ध पछिल्ला दुई इनिङमा ७२ र ८२ रनको इनिङ खेलेका थिए । त्यसैले आसिफबाट नेपाल बच्नुपर्ने हुन्छ । तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिक प्रमुख बलर हुन् । आयन खान अफ्जल प्रमुख स्पिनरको रुपमा रहनेछन् ।

हेड टु हेड :

नेपाल र युएईबीच ११ ओडिआई खेल भएको छ । जसमा नेपाल ५ खेलमा जित र ६ खेलमा पराजित भएको छ । नेपालले लिग २ मा युएईसँग चार खेल खेल्दा एक खेलमा मात्रै हराएको छ । पछिल्ला पाँच खेलमा नेपालले तीन खेलमा हराएको छ ।

युएईको टोली :

मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लक्रा, अश्वन्त वल्थापा, आसिफ खान, अर्यांश शर्मा, सिपी रिजवान, हजरत बिलाल, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो। ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३३ खेलमा १४ मा जित र १६ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.