default_image

3 years ago

March 14, 2023

भारतमा खेल्न नसकेपछि हङकङमै फर्किए अंशुमन रथ

344 views

0 Bookmark

एजेन्सी – भारतीय घरेलु क्रिकेटमा राम्रो गर्न नसकेपछि आक्रामक ओपनर अंशुमन रथ हङकङको टोलीमै पुनः फर्किएका छन् । यसै साता हङकङले चार देश सम्मिलित टि२० आई सिरिजको उपाधि जित्दा अंशुमन रथले महत्वपूर्ण प्रदर्शन गरे ।

उनले हङकङबाट पूनरागमन गर्दै बहराइनविरुद्ध २१, कुवेतविरुद्ध ५७ र मलेसियाविरुद्ध ४९ रनको इनिङ खेलेका थिए । रथ २०१८ पछि हङकङ छाडेर भारत लागेका थिए । २०१८ को एसिया कपमा सानदार प्रदर्शनपछि उनले घरेलु क्रिकेट खेल्दै भारतीय टोलीबाट खेल्ने सपना देखेर हङकङ छाडेका थिए ।

तर घरेलु क्रिकेटमा कमजोर प्रदर्शन पछि त्यो सपना पूरा हुन सकेन । त्यसपछि उनी पुन हङकङमै फर्किएका छन् । रथले भारतविरुद्ध २०१८ को एसिया कपमा ७३ रनको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउँदा हङकङलाई निजाकत खान र अंशुमन रथले पहिलो विकेटको लागि ३४.१ ओभरमा १ सय ७४ रनको सानदार शतकीय साझेदारीको साथ ऐतिहासिक जिततर्फ अघि बढाएका थिए । तर त्यसपछि लगातार विकेट गुम्दा २६ रनले पराजित भएको थियो ।

त्यसपछि बाबर हायत केहि समय अन्तरिक कारण हङकङको टोलीमा खेलेनन् । कप्तान समेत रहेका अंशुमन रथ भारत लागेका थिए । परिवार भारतमा हुँदा उनी घरेलु क्रिकेट हुँदै आइपिएलमा राम्रो गर्दै भारतीय टोलीबाट ओडिआई र टेस्ट खेल्ने सपना देखेको हुँदा हङकङ छाडेको बताएका थिए ।

भारतमा उडिसाबाट घरेलु क्रिकेट खेलेका उनको प्रदर्शन राम्रो हुन सकेन । यस सिजनको रणजी ट्रफीमा उनले ३ खेलमा १ सय ५८ रन बनाएका थिए । गत सिजन एक खेल मात्रै खेल्ने मौका पाएका थिए । यस सिजनको भारतको ५० ओभरको घरेलु क्रिकेट विजय हजारे ट्रफीमा उनले ६ खेलमा २ अर्धशतकसहित कुल १ सय ७१ रन मात्रै बनाए ।

भारतको टि२० घरेलु प्रतियोगिता सैद मुश्ताक अली ट्रफीमा ६ खेलमा ४२ रन बनाएका थिए । घरेलु क्रिकेटमै अपेक्षा अनुसार खेल्न नसकेपछि उनी हङकङ फर्किने निर्णय लिएका हुन् ।

१४ वर्षको उमेरमा हङकङ गएका थिए । उनको परिवार भने इंग्ल्यान्डमा थियो । रथले इंग्ल्यान्डको चर्चित क्लब मिडलसेक्सबाट साम करन र ओली पोप जस्ता खेलाडीसँगै उमेर क्रिकेट खेलेका थिए । इंग्ल्यान्डबाट खेल्ने अनुमति नपाएपछि उनी हङकङ लागेका थिए ।

२५ वर्षीय रथले १८ ओडिआई खेलमा १ शतक र ७ अर्धशतकसहित ८ सय २८ रन बनाएका छन् । २३ टि२० आई खेलमा ४ सय ४३ रन बनाएका छन् । ३५ लिष्ट ए खेलमा ३ शतक र १२ अर्धशतकसहित ३५ रन बनाएका छन् ।

२०१८ को एकदिवसीय विश्वकप ग्लोबल छनोटमा हङकङले ओडिआई मान्यता गुमाएको थियो । यस पटक पनि हङकङले ओडिआई मान्यता अवसर गुमाएको छ । आइसिसी च्यालेन्ज लिग बी मा तेस्रो स्थानमा रहँदै क्वालिफायर खेल्ने अवसर गुमाएपछि ओडिआई मान्यता सम्भावना पनि सकिएको हो ।

हङकङको लागि नेपालमा अप्रिलमा हुने एसिसी प्रिमियर कप महत्वपूर्ण प्रतियोगिता हुनेछ । जुन प्रतियोगिता उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । बाबर, अंशुमनरथ, निजाकत खान, किन्चित शाह र अजिज खान जस्ता खेलाडी भएको हङकङ केहि मजबुत बनेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.