default_image

1 year ago

March 14, 2023

बेंगलोरको लगातार पाचौं हार

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले वुमन्स प्रिमियर लिग (डब्लूपिएल) २०२३ मा लगातार पाँचौं हार व्यहोरेको छ । सोमबार राती बेंगलोर दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित हुँदै लगातार पाँचौं हार व्येहोरेको छ । योसँगै बेंगलोरको एलिमिनेटर सम्भावना झिनो अंक गणीतिय बाँकी छ। जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ४ विकेट […]

83 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले वुमन्स प्रिमियर लिग (डब्लूपिएल) २०२३ मा लगातार पाँचौं हार व्यहोरेको छ । सोमबार राती बेंगलोर दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित हुँदै लगातार पाँचौं हार व्येहोरेको छ । योसँगै बेंगलोरको एलिमिनेटर सम्भावना झिनो अंक गणीतिय बाँकी छ।

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा जेस जोनसनले १५ बलमा ४ चौका र १ छक्कासहित २९ रनको उत्कृष्ट इनिङ खेलिन् । मरिजान कप्प ३२ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहिन् ।

जेमिमाह रोडिगस २८ बलमा ३ चौकासहित ३२ रन जोडिन् । एलिस क्याप्सी २४ बलमा ८ चौकासहित ३८ रन जोडिन् । बंगलोरकी एशा शोेबनाले सर्वाधिक दुई विकेट लिइन् । मेगन स्कट र प्रिती बोसले एक एक विकेट लिइन् ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । बेंगलोरकी एलिसा पेरीले ५२ बलमा ४ चौका र ५ छक्कासहित ६७ रनको उत्कृष्ट अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकिनन् ।

विकेटकिपर रिचा घोषले १६ बलमा ३ चौका र ३ छक्कासहित ३७ र स्मृति मन्धना ८ रनमा आउट भइन् । दिल्लीकी शिखा पाण्डेले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् ।

मुम्बई ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । युपी वारियर्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । गुजरात जायन्ट्स ४ खेलमा १ मा जित र ३ मा हारसहित २ अंकका साथ चौथो स्थानमा छ ।

बेंगलोर ५ खेलमा जित विहीन हुँदै पुछारमा छ । डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो टोलीबीच एलिमिनेटर खेल हुनेछ ।

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.