default_image

1 year ago

March 16, 2023

आसिफ सर्वाधिक छिटो शतक हान्ने विश्वकै चौथो खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – युएईका ओपनर आसिफ खान ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने ब्याटर बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध ४१ बलमै उनले शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् । जुन ओडिआई इतिहासकै चौथो सर्वाधिक छिटो शतक हो । ओडिआईमा सर्वाधिक छिटो शतक दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममाछ […]

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईका ओपनर आसिफ खान ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने ब्याटर बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नेपालविरुद्ध ४१ बलमै उनले शतक हान्दै उक्त कीर्तिमान बनाएका हुन् ।

जुन ओडिआई इतिहासकै चौथो सर्वाधिक छिटो शतक हो । ओडिआईमा सर्वाधिक छिटो शतक दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममाछ । एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमै शतक हानेका थिए । त्यस्तै न्युजिल्यान्डका कोरी एन्डरसनले २०१४ मा वेस्टइन्डिजविरुद्ध ३६ बलमा शतक हानेका थिए ।

पाकिस्तानका शाहिद अफ्रिदीले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक हानेका थिए । त्यसपछि उनी ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने कीर्तिमान कायम गरेका हुन् । आसिफपछि दक्षिण अफ्रिकाका मार्क बाउचरले २००६ मा जिम्बावेविरद्ध ४४ बलमा शतक हानेका थिए ।

आसिफ युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी हुन् । उनले बुधबार पपुवा न्युगिनीविरुद्ध मोहम्मद वासिमले ६० बलमा हानेको कीर्तिमान तोडेका हुन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनायो ।

युएईका आसिफ खान ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक शतकीय इनिङ खेले । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । आसिफ ३७.३ ओभरमा रोहन मुस्तफा आउट भएपछि ब्याटिङका लागि क्रिजमा आएका थिए ।

त्यो समय युएई १७५-५ को अवस्थामा थियो । आसिफले ४६ औं ओभरको अन्तिम दुई बलमा गुलशन झालाई दुई छक्का हाने । ४७ औं ओभरमा सोमपाल कामीलाई दुई छक्का र एक चौका हाने ।

४८ औं ओभरमा गुलशन झालाई दुई छक्का हाने । ४९ औं ओभरमा सन्दीप लामिछानेलाई आसिफले लगातार चार छक्का हानेका थिए । अन्तिम ओभरको पहिलो बलमा सोमपाल कामीलाई छक्का र दोस्रो बलमा चौका हान्दै ४१ बलमा शतक पूरा गरेका थिए ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.