2 years ago
May 4, 2024
एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ ।
काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो ।
रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान १ गोल गरे ।
५१औं मिनेटमा बक्सको छेउबाट उत्कृष्ट फिनिस गर्दै ब्राहिमले रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा मैदान भित्र प्रवेश गरेको दोस्रो मिनेटमा नै बेलिङ्घमले गोल गर्दै अग्रता दोब्बर बनाए ।
यस्तै इन्ज्युरी समयको तेस्रो मिनेटमा जोसेलुले गोल गर्दै जित निश्चित गरे ।
रियलको जित संगै ३४ खेलमा ८७ अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३३ खेलमा ७३ अंक छ । बार्सिलोनाले जिरोना विरुद्धको खेलमा जित हासिल गर्न नसके रियलको उपाधि पक्का हुनेछ ।
रियल कीर्तिमानी ३५ पटक स्पेनिस लिग विजेता हो । दोस्रो स्थानमा रहेको बार्सिलोनाले २७ पटक उपाधि रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]