default_image

3 years ago

March 18, 2023

भारतविरुद्ध पारस एसियाको टोलीमा

283 views

0 Bookmark

एजेन्सी – एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा नेपालका पूर्वकप्तान पारस खड्कालाई इन्डिया जायन्ट्सविरुद्ध प्लेइङ ११ मा मौका दिएको छ ।

दोहामा भएको टसमा एसियामन कप्तान शाहिद अफ्रिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । कप्तान अफ्रिदीले पारस खड्कालाई प्लेइङ ११ मा निरन्तरता दिएका छन् । पछिल्लो खेलमा पारसले वल्र्ड जायन्ट्सविरुद्ध १० बलमा ८ रन बनाएका थिए ।

आठौं नम्बरमा ब्याटिङ गरेका पारस १९ औं ओभरको पहिलो बलमा रन आउट हुन पुगेका थिए । पहिलो खेलमा भारतविरुद्ध नै २ बलमा ३ रन बनाएका थिए ।

वल्र्ड जायन्ट्स ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको छ । एसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । भारत ४ खेलमा १ मा जित ३ मा हारसहित पुछारमा रह्यो । आजको विजेताले सोमबार उपाधिको लागि जायन्ट्सँग खेल्नेछ ।

एसियाको प्लेइङ ११ :

शाहिद अफ्रिदी, उपुल थरंगा, दिलशान तिलकरत्ने, अस्गर अफगर, मिस्बाह उल हक, मोहम्मद अफिज, पारस खड्का, थिसेरा परेरा, अब्दुर रजाक, अब्दुल रजाक र शोहेल तनविर ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.