default_image

3 years ago

March 18, 2023

होपको सानदार शतकमा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

191 views

0 Bookmark

एजेन्सी – कप्तान शाई होपको सानदार शतकमा वेस्टइन्डिजले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ३ सय ३६ रनको विशाल लक्ष्य दिएको छ । बुफ्लो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३५ रन बनायो ।

वेस्टइन्डिजका शाई होप १ सय १५ बलमा ५ चौका र ७ छक्कासहित १ सय २८ रनमा अविजित रहे । होप बाहेक अन्य ब्याटरको प्रदर्शन भने औसत रह्यो । होपको यो ओडिआई करिअरको १४ औं शतक हो ।

ओपनर ब्रेन्डन किंग २९ बलमा ४ चौकासहित ३० र काइल मेयर्स २६ बलमा ५ चौका र २ छक्कासहित ३६ रनमा आउट भए ।

निकोलस पुरन ४१ बलमा ५ चौकासहित ३९ र रोभम्यान पावेल ४९ बलमा २ चौका र ३ छक्कासहित ४६ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

घरेलु टोली दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जीले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । ब्यूजोर्न फोटुइनले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.