default_image

3 years ago

March 18, 2023

आयरल्यान्डमाथि बंगलादेशको विशाल जित

259 views

0 Bookmark

एजेन्सी – घरेलु टोली बंगलादेशले पहिलो ओडिआई खेलमा आयरल्यान्डमाथि १ सय ८३ रनको विशाल जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता लिएको छ।

जितको लागि ३ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड ३०.५ ओभरमा १ सय ५५ रनमा अल आउट भयो । आयरल्यान्डका जर्ज डोकरेलले ४७ बलमा ६ चौकासहित सर्वाधिक ४५ रन बनाए । ओपनर स्टेफन डोहेनी ३४, पल स्टर्लिङ २२, कर्टिस क्याम्फर १६, ह्यारी टेक्टर ३ र मार्क आदिरले १३ रन बनाए ।

बंगलादेशका इबादोत हसनले ६.५ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए । नासुम अहमदले ३, तस्किन अहमदले २ र सकिब अल हसनले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३८ रन बनायो । बंगलादेशका तौहिद हृदोयले ८५ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।

सकिब अल हसनले ८ बलमा ९ चौकासहित ९३ रन बनाए । सकिब र तौहिदले चौथो विकेटका लागि १ सय ३५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अनुभवी विकेटकिपर मुश्फिकुर रहिमले २६ बलमा ३ चौका र ३ छक्कासहित ४४ रन जोडे । लिटन दास २६, नाज्मुल हसन सान्टो २५ र यासिर अलीले १७ रन बनाए ।

आयरल्यान्डका ग्राहम हुमेले १० ओभरमा ६० रन खर्चेर ४ विकेट लिए । दोस्रो खेल सोमबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.