default_image

3 years ago

March 19, 2023

मुल्तानलाई एक रनले हराउँदै लाहोरले जित्यो पिएसएलको उपाधि

218 views

0 Bookmark

एजेन्सी – कप्तान शाहिन शाह अफ्रिदीको सानदार अलराउन्ड प्रदर्शनमा लाहोर कलन्दर्सले पाकिस्तान सुपर लिग २०२३ को फाइनलमा मुल्तान सुल्तान्सलाई एक रनले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको छ ।

जितको लागि २ सय १ रनको बलियो विजयी लक्ष्य पछ्याएको मुल्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । मुल्तानलाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । जमान खानले ११ रन खर्चिदै जित पक्का गराए । अन्तिम बलमा खुशदील शाह तीन रन लिनेक्रममा रन आउट भएपछि लाहोर एक रनले विजयी भएको थियो ।

मुल्तानका राइली रोसोउले ३२ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । ओपनर उस्मान खान १८, मोहम्मद रिजवान ३४, काइरन पोलार्ड १९, टिम डेविड २० र खुशदील शाह २५ रनमा आउट भए । लाहोरका कप्तान शाहिन शाह अफ्रिदीले ४ ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । डेविड विजाले एक विकेट लिए ।

त्यसअघि गद्दाफी स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको लाहोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । लाहोरका अब्दुलाल्ह शफिकले ४० बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६५ रन बनाए ।

ओपनर फखार जमान ३९ र मिर्जा बैग ३० रनमा आउट भए । कप्तान शाहिन अफ्रिदीले १५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनमा अविजित रहे । मुल्तानका उस्मा मिरले ३ ओभरमा २४ रन खर्चेृर सर्वाधिक ३ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.