default_image

1 year ago

March 19, 2023

मोन्टि ओडिआईमा नेपालका सर्वाधिक सफल प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक मोन्टि देशाई एकै महिनामै ओडिआई क्रिकेटमा नेपालका सर्वाधिक सफल प्रशिक्षक बनेका छन् । मोन्टिको प्रशिक्षकमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा १२ मध्य ११ खेल जित्दै अविश्वसनीय रुपमा ओडिआई मान्यता जोगाउनुको साथै सोझै विश्वकप छनोटमा स्थान बनायो । नेपालले २०१८ मा ओडिआई मान्यता प्राप्त गरेको थियो । ओडिआई […]

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मुख्य प्रशिक्षक मोन्टि देशाई एकै महिनामै ओडिआई क्रिकेटमा नेपालका सर्वाधिक सफल प्रशिक्षक बनेका छन् । मोन्टिको प्रशिक्षकमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा १२ मध्य ११ खेल जित्दै अविश्वसनीय रुपमा ओडिआई मान्यता जोगाउनुको साथै सोझै विश्वकप छनोटमा स्थान बनायो ।

नेपालले २०१८ मा ओडिआई मान्यता प्राप्त गरेको थियो । ओडिआई मान्यतायता नेपालले ६ मुख्य प्रशिक्षक परिवर्तन गरेको छ । नेपालले कुल ४९ ओडिआई खेल खेलेको छ । मोन्टि बाहेक अन्य कुनैपनि प्रशिक्षकले चार भन्दा बढी जित दिलाउन सकेका छैनन् ।

जित प्रतिशत अनुसार मोन्टिपछि देभ ह्वाटमोर दोस्रो स्थानमा छन् । मोन्टिको प्रशिक्षकमा नेपालले ब्याटिङमा सानदार प्रदर्शन गर्यो । खेलाडीहरु मानसिक रुपमा निकै मजबुत बने । हालसम्म नेपालको ओडिआईका ६ मुख्य प्रशिक्षक, उनीहरुको खेलाएको खेल, हार र जित यस प्रकारछ ।

६.जगत टमाटा– ६ खेल (३ जित र ३ हार)

नेपालले जगत टमाटाको मुख्य प्रशिक्षकमा ६ ओडिआई खेल खेलेको थियो । टमाटाको मुख्य प्रशिक्षकमा नेपालले ३ मा जित र ३ मा हार व्येहोरेको थियो । नेपालले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गर्दा टमाटा मुख्य प्रशिक्षक थिए ।

नेदरल्यान्ड्सविरुद्ध दुई खेलको सिरिज नेपालले १-१ को बराबरी गरेको थियो । नेपालले युएईसँग तीन खेलको सिरिज २०१९ मा २-१ ले जितेको थियो । एसिया कप छनोटमा २०१८ मा नेपाल युएईसँग पराजित भएको थियो । टमाटाले लिग २ भने खेलाएनन् । टमाटाको ओडिआईमा जित प्रतिशत ५० रह्यो ।

४. उमेश पटवाल – ४ खल ( २ जित र २ हार )

भारतीय उमेश पटवालको मुख्य प्रशिक्षकमा नेपालले कुल ४ ओडिआई खेल खेल्यो । जसमा समान २ मा जित र हार रह्यो । नेपालले २०२० मा टियु क्रिकेट मैदानमा अमेरिका र ओमानसँग खेल्दै लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा डेब्यू गरेको थियो ।

उमेश पटवालको प्रशिक्षकमा नेपालले अमेरिकालाई दुवै खेलमा हराएको थियो । ओमानसँग दुवै खेलमा पराजित भएको थियो । पटवालको ओडिआई जित प्रतिशत ५० छ ।

३. डेभ ह्वाटमोर ६ खेल : (४ मा जित र २ मा हार)

अष्ट्रेलियन डेभ ह्वाटमोरको मुख्य प्रशिक्षकमा नेपालले ओडिआईमा ४ जित र २ हार हात पारेको थियो । ह्वाटमोरको प्रशिक्षकमा नेपालले २०२१ सेप्टेम्बरमा ओमानमा पपुवा न्युगिनीसँगको दुई खेलको सिरिज क्लिनस्विप गरेको थियो ।

ओमान र अमेरिकासँग लिग २ मा समान एक एक खेलमा जित र हार व्येहोरेको थियो । ह्वाटमोरले लिग २ मा ४ खेल खेलाउँदा दुई मा जित र दुई मा हार थियो । ह्वाटमोरको मुख्य प्रशिक्षकमा नेपालको ओडिआईमा जित प्रतिशत ६६.६६ छ ।

२. पुबुदु दासानायके – १४ खेल (४ मा जित, ९ मा हार र एक टाई)

पुदुबु दासानायकेको प्रशिक्षकमा नेपालले कुल १४ ओडिआई खेल खेल्यो । जसमा नेपालले ४ खेलमा जित, ९ मा हार एक खेलमा टाई भएको थियो । पुबुदुको प्रशिक्षकमा नेपालले आइसिसी विश्वकप लिग-२ मा युएई, अमेरिका र स्कटल्यान्ड भ्रमण गरेको थियो ।

लिग-२ मा कुल १२ खेलमा नेपालले ४ मा जित, ७ मा हार र एक खेलमा टाई व्यहोरेको थियो । युएईमा नेपालले पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको थियो । युएईसँग दुवै खेल हारेको थियो । स्कटल्यान्ड भ्रमणमा नामिबियासँग दुबै खेलमा हारेको थियो ।

स्कटल्यान्ड समान एक खेलमा जित र हार थियो । अमेरिका भ्रमणमा दुई हार, एक जित र एक टाई थियो । ओमानलाई एक खेलमा हराउँदा एक एक खेलमा हारेको थियो । अमेरिकासँग एक खेल टाई र अर्को खेल हारेको थियो ।

घरेलु मैदान टियुमा पपुवा न्युगिनीसँग दुई ओडिआई खेलको सिरिज २–० ले गुमाएको थियो । जुन नेपालले ओडिआईमा गुमाएको पहिलो क्लिनस्विप हार थियो । पुबुदुको मुख्य प्रशिक्षकमा नेपालले २८.५७ जित प्रतिशत हात पारेको थियो ।

२ .मनोज प्रभाकर – ७ खेल (२ जित, ४ हार र एक नतिजा विहीन)

मनोज प्रभाकर नेपाली क्रिकेटमा सबैभन्दा विवादित प्रशिक्षक रहे । उनको मुख्य प्रशिक्षकमा नेपालले ७ ओडिआई खेल खेल्यो । लिग २ मा ४ खेल खेल्दा ३ मा हार र एक खेल नतिजा विहीन बनेको थियो ।

मनोजको मुख्य प्रशिक्षकमा नेपालले नामिबिया भ्रमण गरेको थियो । नामिबियासँग एक खेल वर्षाको कारण रद्ध हुँदा बाँकी तीन खेल हारेको थियो । टियु मैदानमा युएईसँगको तीन ओडिआई खेलको सिरिज भने २-१ ले जितेको थियो । टोलीमा आफ्नो मनलाग्दी र खेलाडी छनोटमै भद्रगोलको अवस्था सिर्जना गरेपछि क्यानले बर्खास्ती गरेको थियो । प्रभाकरको मुख्य प्रशिक्षकमा नेपालको जित प्रतिशत २८.५७ छ।

१. मोन्टि देशाई – १२ खेल (११ मा जित र १ मा हार)

मोन्टि देशाई नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल मुख्य प्रशिक्षक बनेका छन् । मोन्टिको मुख्य प्रशिक्षकमा नेपालले हालसम्म कुल १२ खेल खेलेको छ । जसमा नेपालले ११ मा जित र एक खेलमा हार ब्येहोर्यो । त्यसैको कारण गुमि सकेको ओडिआई मान्यता फिर्ता आयो ।

सबैले आशा मारेको विश्वकप लिग-२ मा शीर्ष तीनम रहँदै सोझै विश्वकप छनोटमा स्थान बनायो । मोन्टिको प्रशिक्षकमा नेपालले अघिल्लो महिना नामिबिया र स्कटल्यान्डसँग समान दुवै खेल जितेको थियो । लिग मा पहिलो पटक नेपालले क्लिनस्विप जित हात पारेको थियो ।

युएई भ्रमणमा नेपालले ३ खेलमा जित र एक खेलमा हार व्यहोर्यो । युएईसँग पहिलो खेलमा ६८ रनले पराजित भएको थियो । पपुवा न्युगिनीलाई दुई र युएईलाई एक खेलमा हराएको थियो । घरेलु मैदानमा युएई र पपुवा न्युगिनीलाई समान दुवै खेलमा हरायो । मोन्टिको प्रशिक्षकमा नेपालले ९१.६६ प्रतिशत जित हात पारेको छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.