default_image

3 years ago

March 20, 2023

नेपालको सानदार रुपान्तरणको प्रमुख पाँच कारण

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम १२ खेलमा अविश्वसनीय प्रदर्शन गर्यो । १२ मध्य ११ खेलमा जित हात पार्दै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता मात्रै जोगाएन । सिधै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनायो ।

अन्तिम १२ खेल खेल्नुअघि नेपालको लागि दुवै सफलता असम्भव जस्तै देखिएका थिए । पछिल्लो तीन सिरिजमा नेपालले जितेका सबै खेलमा सानदार ब्याटिङ गर्यो । नेपालको सबैभन्दा कमजोर मानिने ब्याटिङ नै विपक्षी टोलीसामु सबैभन्दा ठूलो हतियार बन्यो ।

नेपालले च्याम्पियन स्कटल्यान्डलाई दुवै खेलमा हराउँदै सनसनी मच्यायो । नामिबिया र स्कटल्यान्डमाथि सानदार जितपछि नेपालको मनोबल झनै बढ्यो । यसअघि २ सय रनको लक्ष्य पूरा गर्न संघर्ष गर्ने नेपालले पछिल्ला १२ खेलमा २ सय ५० माथिको योगफल सहजै पूरा गरेको थियो । नेपालको प्रदर्शन फेरिएको छ । टोलीको मैदानभित्रको प्रदर्शन र मैदानबाहिरको माहोलमा रुपान्तरण नै भएको छ ।

नेपालले सानदार प्रदर्शन गर्नुमा मुख्य प्रशिक्षक मोन्टि देशाईको आगमनदेखि थुप्रै कारणहरु छन् । नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाउनुको मुख्य पाँच कारण यस प्रकार छन् ।

५.फेरिएको आत्माविश्वास र मनोबल

नेपाली क्रिकेटमा प्रतिभाको कहिल्यै कमी थिएन । तर कमजोर मनोबलको कारण थुप्रै जित्नसक्ने खेलहरु हार्न पुगेको थियो । तर देशाई मुख्य प्रशिक्षक र कप्तान रोहितको साझेदारी जमेपछि नेपाली खेलाडीको मनोबल फेरिएको छ । ब्याटिङमा ठूलो लक्ष्य पूरा गर्न सकिन्छ भन्ने सबै खेलाडीको मनोबल भयो ।

पहिलो खेलमा नामिबियाले प्रस्तुत गरेको २ सय ८६ रनको विशाल लक्ष्य पूरा गर्यो । त्यो लक्ष्य पूरा गरेपछि टोलीको आत्माविश्वास झनै बढ्यो । नामिबिया र स्कटल्यान्ड जस्ता बलिया टोलीविरुद्ध लगातार तीन पटक २ सय ७० रनको योगफल पूरा गरेपछि पुरै मोमेन्टम नेपालको पक्षमा आयो ।

नेपालले कुनैपनि खेलमा हार मानेन । त्यो चाहे २ सय ८६ लक्ष्य पछ्याउँदा होस् वा अन्तिम खेलमा ३ सय ११ रन लक्ष्य पछ्याउँदा नै । प्रशिक्षकले हरेक खेलाडीमा जित्न सकिन्छ भन्ने सोच विकास गर्न सफल भए । पपुवा न्युगिनीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउँदा १०५-७ को अवस्थामा पुग्दा पनि टोलीभित्र जितिन्छ भन्ने विश्वास थियो । वा स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउँदा १०३-६ को अवस्थामा पुग्दा कप्तान रोहितले नै नेपाललाई उकासे ।

क्रिकेटमा मानसिक अवस्थाले धेरै फरक पार्छ । खेलाडीले उच्च मनोबल हुँदा जस्तोसुकै दबाबमा पनि प्रदर्शन गर्न सक्छन् । देशाईको आगमनसँगै खेलाडीको मनोबल उच्च रह्यो । फरक खेलमा फरक खेलाडीले प्रदर्शन गरे । जसले गर्दा टिममा एक-अर्का प्रति विश्वास बढ्यो । एक खेलाडीमा निर्भर नभएपछि बिना दबाब खुलेर खेल्न थाले । त्यसैले नेपालले जित हात पार्यो ।

४. रोहितको कप्तानी र टोली एकता

रोहितको कप्तानीमा आगमनसँगै टोली एकजुट देखिएको छ । क्रिकेटमा एकता विना जित हात पार्न मुश्किल पर्छ र देशाईले यो पक्षबारे टोलीलाई राम्रोसँग बुझाए । यसअघि अन्य प्रशिक्षकले कप्तान र अन्य खेलाडीसँग उचित समन्वय गर्न नसक्दा टोलीभित्र केहि चिसोपना थियो ।

प्रशिक्षक देशाई र रोहितको जोडीले टिमलाई एक बनाएर लगेपछि झनै सानदार प्रदर्शन गर्न सफल भयो । सबै खेलाडीले एक अर्कालाई शतप्रतिशत साथ दिन थाले ।

देशाई प्रशिक्षकमा आएपछि रोहितको कप्तानीमा परिपक्वता आएको पनि देखिन्छ । खेलको अवस्था अनुसार खेलाडी परिवर्तन गरे । केहि खेलमा करणलाई बेन्चमा राखेर गुलशनलाई खेलाउने जोखिम लिए । ज्ञानेन्द्रलाई बेन्चमा राखेर ललितनारायण राजवंशीलाई मौका दिए । त्यो निर्णय टोलीको लागि सहि सावित पनि भयो ।

रोहितले १२ मध्य ८ खेलमा टस जिते । टियुमा नामिबिया र स्कटल्यान्डविरुद्ध सबै खेलमा टस जितेर लक्ष्य पछ्याउँदा पनि सहज भयो । बिहानको कन्डिसनमा ब्याटिङ गर्न मुश्किल पर्दछ।

३. घरेलु मैदान, दर्शक र कन्डिसनको फाइदा

नेपालले घरेलु मैदान टियुमा खेलेका ८ खेलमा ८ मानै खेल जित्यो । नेपालले घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठायो । घरेलु मैदान र दर्शकलाई १२ औं खेलाडी मानिन्छ।

नेपालले टियुको पिचको राम्रो सदुपयोग गर्यो । सबै खेलाडी टियुमा खेलेर हुर्किएको हुँदा पनि धेरै सहज भयो । अर्कोतर्फ हजारौं समर्थकले नेपाली खेलाडीलाई निरन्तरता उर्जा र हौसला प्रदान गरे ।

विपक्षी टोली नेपाली दर्शक सामू दबाबमा रहे । जसको फाइदा नेपाललाई भयो । घरेलु मैदानमा प्रदर्शन गर्न सहज हुन्छ । नेपालले अहिले जुन प्रदर्शन गरेको छ त्यो आगमी दिनमा विदेशी भूमिमा नगर्न पनि सक्छ ।

२. खेलाडीले जिम्मेवारी लिनु

यसअघि नेपालले हार्नुको मुख्य कारण ब्याटिङमा खराब सट छनोट र गैर जिम्मेवारपन थियो । खेलाडीले जिम्मेवारी लिएर कठिन समयमा खेल्न सकेका थिएनन् । क्रिजमा धैर्यता देखाउन सकेका थिएनन् । तर पछिल्ला तीन सिरिजमा खेलाडीले जिम्मेवारी प्रदर्शन गरे ।

सबै खेलाडीले आफ्नो भूमिका अनुसार जिम्मेवारी लिएर प्रदर्शन गरे । त्यसैको कारण नेपालले जित हात पार्न सफल भयो ।
अन्तिम खेलमा रोहित पौडेलले स्कटल्यान्डविरुद्ध २ सय १३ रनको लक्ष्य पछ्उँदा ११४-७ को अवस्थाबाट जित दिलाएका थिए । उक्त खेलमा रोहितले ९५ रनको परिपक्क प्रदर्शन गरेका थिए ।

स्कटल्यान्डविरुद्ध २ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा ३९–३ को अवस्थाबाट कुशल मल्ल ८१ र दीपेन्द्रसिंह ऐरीले ८५ रनको इनिङ खेल्दै जिताएका थिए । पपुवा न्युुगिनीविरुद्ध १ सय ८० रनको लक्ष्य पछ्याउनेक्रममा १०५-७ को अवस्थाबाट आसिफ शेखले ८६ रनको परिवक्क प्रदर्शन गरेका थिए ।

सन्दीप लामिछानेले ३५ रन जोडेका थिए । युएईविरुद्ध ६८-५ को अवस्थाबाट २ सय २९ रनमा पुर्याउन भीम सार्कीले खेलेको ७० रनको इनिङ । यी उदाहरण मात्रै हुन् । यसरी सबै खेलाडीले खेलमा जिम्मेवारी लिएर प्रदर्शन गरेका थिए ।

१. मोन्टि देशाई प्रभाव

नेपाली टोलीको रुपान्तरणको मुख्य श्रेय प्रशिक्षक मोन्टि देशाईलाई जान्छ । मोन्टिले सुरुवातमा पूर्व प्रशिक्षक मनोज प्रभाकरले बनाएको भ्रदगोल ब्याटिङक्रममा एकरुपता ल्याए । नेपालको मुख्य समस्या ब्याटिङ थियो र टोलीको समीकरण सुधार गर्न मोन्टिले एक अतिरिक्त ब्याटर खेलाए ।

बायाँ हाते कुशल मल्ललाई टोलीमा मौका दिए । उनले बायाँ हाते कुशललाई सरप्राइज रुपमा तेस्रो नम्बरमा पनि ब्याटिङ गराए । कुशलले स्कटल्यान्डविरुद्ध ८१ र नामिबियाविरुद्ध ६२ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

त्यस्तै टोलीमा अवसर नपाएका भीम सार्कीलाई मोन्टिले मौका दिए । भीमले युएईविरुद्ध दुई महत्त्वपूर्ण अर्धशतक प्रहार गरे । मध्यक्रममा खेल्न नसकेका दीपेन्द्रसिंह ऐरीलाई फिनिसरमा खेलाए । बलिङमा जमेका दीपेन्द्र नयाँ भूमिकामा सफल भए ।

नेपालले दीपेन्द्र र कुशल मल्ललाई स्पिनरको रुपमा खेलाउँदा टोलीमा एक अतिरिक्त ब्याटिङ थपे । मोन्टिले खेलाडीको मनोबल र हौसला बढाउन ‘ह्याप्पी ड्रेसिङ रुम’ नारा नै चलाए । मोन्टिको आगमनले टोलीले सानदार ब्याटिङ प्रदर्शन गर्यो ।

अर्कोतर्फ मोन्टिले टोलीमा खेलाडीको मनोबल र आत्माविश्वास बढाए । जुन टोलीलाई सबैभन्दा बढी आवश्यक थियो । सकारात्मक सोच र खुसी वातावरण स्थापित गरे । यसले टोलीको एकता मजबुत बनाउन सहयोग गर्यो । हरेक खेलाडीलाई भूमिका अनुसार प्रदर्शन गर्न लगाए । त्यसैको कारण नेपालले राम्रो नतिजा हात पार्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.