default_image

3 years ago

March 19, 2023

भारतको लज्जास्पद ब्याटिङ

351 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्कको सानदार बलिङपछि भारतले दोस्रो ओडिआई खेलमा लज्जास्पद ब्याटिङ गर्दै अष्ट्रेलियालाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।

विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत २६ ओभरमा १ सय १७ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ३५ बलमा ४ चौकासहित सर्वाधिक ३१ रन बनाए । अक्षर पटेल २९ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।

अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गन सकेनन् । भारतका ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् तीव्र गतिका बलर मिचेल स्टार्कले सुरुवाती चार विकेट लिँदै भारतलाई दयनीय अवस्थामा पुर्याएका थिए ।

ओपनर शुभमन गिल तेस्रो बलमै प्वाइन्टमा मार्नस लाबुसेनबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि रोहित शर्मा र विराट कोहलीले ३१ रनको साझेदारी गरेका थिए । स्टार्कको पाँचौं ओभरको चौथो बलमा फस्ट स्लिपमा रोहित शर्मा स्टिभ स्मिथबाट क्याच आउट भए ।

रोहितले १५ बलमा २ चौका प्रहार गरे । लगत्तै अर्को बलमा सुर्यकुमार यादव एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभेलिएन फर्किए । स्टार्कले नै लोकेश राहुललाई ९ रनमा एलबीडब्लू आउट गर्दै ८.४ ओभरमा ४८-४ को अवस्थामा पुर्याएका थिए । त्यसपछि नाथन एलिस र शन एबोटले मध्यक्रम ध्वस्त पारे ।

तीव्र गतिका बलर शन एबोटको बलमा हार्दिक पान्ड्याको क्याच एक फस्ट स्लिपमा स्टिभ स्मिथबाट एक हातले उत्कृष्ट रुपमा लिएपछि भारत संकटमा पुगेको थियो । नाथन एलिसले १६ औं ओभरको दोस्रो बलमा विराट कोहलीलाई एलबीडब्लू आउट गर्दै महत्वपूर्ण सफलता दिलाए । एलिसकै बलमार रविन्द्र जडेजा १६ रनमा कट बिहाइन्ड हुँदै विकेटकिपर एलेक्स केरीबाट क्याच आउट भए ।

शन एबोटले कुलदीप यादवलाई ४ र मोहम्मद शामीलाई शून्यमा पेभेलिएन फर्काए । अष्ट्रेलियाका मिचेल स्टार्कले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ५ विकेट लिए ।

शन एबोटले ६ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । नाथन एलिसले ५ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा भारत विजयी भएको थियो । तीन खेलको सिरिजमा भारत १-० ले अघि छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.