3 years ago
March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा विकेटकिपर आसिफ शेखले इंग्ल्यान्डका बेन स्टोक्स र जस बटलरलाई पछि पार्दै मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान गर्ने सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जितेका छन् ।

आसिफले २०२२ को टि२० विश्वकप छनोटविरुद्ध आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको कारण इंग्ल्यान्डलाई दुई स्टारलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । विश्व चर्चित क्रिकेट क्लब एमसिसीले सिएमजे स्प्रिरिट क्रिकेट अवार्ड २०१३ देखि प्रदान गर्दै आएको छ ।
पूर्व एमसिसी अध्यक्ष तथा बिबिसी टेस्ट म्याच स्पेसल कमेन्टेटर क्रिसटोफर मार्टिन जेन्किन्सको सम्झनामा उक्त अवार्ड प्रदान गर्दै आएको छ । एमसिसी र बिबिसीले इतिहासमा पहिलो पटक मनोनयन सार्वजनिक गर्दै आसिफलाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
गतवर्ष अल अमरेत क्रिकेट मैदानमा आयरल्यान्डविरुद्ध तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।

कमल मिडविकेटमा गएको बल लिनेक्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडिएका थिए । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए । आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । म्याकबर्नी क्रिजको रेखा भन्दा धेरै टाढा थिए ।
तर आसिफले रन आउट गरेनन् । आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए । आइसिसी आफैंले खुलेर प्रशंसा गरेको थियो । आइसिसीले पनि आसिफलाई स्पिरिट अफ द क्रिकेट इयर २०२२ अवार्ड प्रदान गरेको थियो ।
गत टि२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडको बाउन्सर बलले टप एज लाग्दा क्याचको लागि ब्याटर म्याथ्यु वेडले हातले छेकेका थिए । यदि कप्तान जस बटलरले उक्त खेलमा अपिल गरेको भए म्याथ्यु वेड आउट हुने थिए । तर बटलरले अपिल नगर्ने निर्णय लिएका थिए ।

त्यसैले बटलरको नाम पनि यस अवार्डको दावेदारमा मनोनयनमा परेको थियो । टेस्ट कप्तान बेन स्टोक्सले टेस्ट सिरिजमा पाकिस्तानसँग खेलमा म्याच फि बाढी पिडित र युवा लेग स्पिनर रेहान अहमदलाई ट्रफी प्रस्तुतिकरणमा देखाएको भन्दै स्टोक्सको नाम पनि मनोनयन गरेको थियो । बेन स्टोक्स र बटलरलाई पछि पार्दै आसिफले उक्त अवार्ड जितेका हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]