default_image

1 year ago

March 20, 2023

पारस एसियाको प्लेइङ-११ मा

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लेजेन्ड्स लिग क्रिकेट मास्टर्सको फाइनलमा वर्ल्ड जायन्ट्सविरुद्ध एसिया लायन्सको प्लेइङ ११ मा रहेका छन् ।

दोहामा रहेको वेस्टइन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा वर्ल्ड जायन्ट्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । कप्तान शाहिद अफ्रिदीले फाइनलमा खेलमा बुझाएको प्लेइङ ११ मा नेपालका पारस खड्का छन् ।

आरोन फिन्च कप्तान भएको जायन्ट्स लिगमा शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो । एसियाले एलिमिनेटर खेलमा इन्डिया महाराजसलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । लिगको पहिलो खेलमा एसियाले जायन्ट्सलाई ३५ रनले हराएको थियो । दोस्रो खेलमा २० रनले हराएको थियो ।

पारस खड्काले पाँच मध्य चार खेल खेलेका छन् । दुई खेलमा मात्रै ब्याटिङको अवसर पाएका थिए । भारतविरुद्ध पहिलो खेलमा अन्तिम ओभरका मौका पाउँदा २ बलमा ३ रन जोडेका थिए । जायन्ट्सविरुद्ध १० बलमा ८ रन बनाउँदै रन आउट भएका थिए । पारस टोलीमा रहेपनि ब्याटिङको अवसर पाउन सकेका छैनन् ।

एसियाको प्लेइङ ११ :

शाहिद अफ्रिदी (कप्तान), उपुल थरंगा, दिलशान तिलकरत्ने, अस्गर अफगर, मिस्बाह उल हक, मोहम्मद अफिज, पारस खड्का, थिसेरा परेरा, अब्दुर रजाक, अब्दुल रजाक र शोहेल तनविर ।

May 26, 2024

कोलकातालाई तेस्रो आइपिएल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा […]

May 26, 2024

ह्युस्टनमाथि नेपालको जित

ह्युस्टन (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ […]

May 26, 2024

ह्युस्टनसँग चलेन नेपालको ब्याटिङ

ह्युस्टन (हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले दोस्रो टि ट्वान्टी अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन […]

Success

Thank you for your time.