default_image

3 years ago

March 20, 2023

युपीको जितसँगै बेंगलोर र गुजरात लिगबाटै बाहिरिए

182 views

0 Bookmark

एजेन्सी – युपी वारियर्सले वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा गुजरात जायन्ट्समाथि ३ विकेटको जित हात पारेको छ । योसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुङ्गो लाग्दा बेंगलोर र गुजरात लिग चरणबाटै बाहिरिने दुई टोली बनेका छन् ।

जितको लागि १ सय ७९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युपीले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । युपीको जितमा ग्रेस ह्यारिसले ४१ बलमा ७ चौका र ४ छक्कासहित ७२ रनको सानदार इनिङ खेलिन् ।

त्यस्तै ताहलिया म्याकग्राथले ३८ बलमा ११ चौासहित ५७ रन जोडिन् । सोफी एक्लेस्टोनले १३ बलमा २ चौकासहित महत्वपूर्ण १९ रन जोडिन् । गुजरातकी किम ग्राथले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिइन् । मोनिका पटेल, एलिसा गार्डनर, अनुजा कँवर र स्नेहा रानाले एक एक विकेट लिइन् ।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । गुजरातकी एलिसा गार्डनरले ३९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६० रन बनाइन् ।
दयालन हेमलताले ३३ बलमा ६ चौका र ३ छक्कासहित ५७ रन जोडिन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । गुजरातकी राजेश्वरी गायकवाड र पार्शवी चोपराले दुई दुई विकेट लिए ।

मुम्बई ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा छ । दिल्ली ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । युपी ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ७ खेलमा २ मा जित र ५ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । गुजरात ८ खेलमा २ मा जित र ६ मा हारसहित ४ अंकका साथ पुछारमा रहेर अन्त्य गरेको छ । शीर्ष टोली सोझै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटरमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.