default_image

3 years ago

March 20, 2023

उपाधि जित्न पारसको टोलीलाई प्रतिस्पर्धात्मक लक्ष्य

184 views

0 Bookmark

एजेन्सी – ज्याक्स कालिसको उत्कृष्ट प्रदर्शनमा वल्र्ड जायन्ट्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको फाइनलमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सलाई १ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ।

दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । दक्षिण अफ्रिकी महान् अलराउन्डर ज्याक्स कालिस ५३ बलमा ५ चौका र ३ छक्कासहित ७६ रनमा नटआउट रहे ।

न्युजिल्यान्डका रस टेलर ३३ बलमा ३ चौकासहित ३२ रनमा आउट भए । एक समय १९-३ को खराब सुरुवात गरेको जायन्ट्सलाई चौथो विकेटका लागि कालिस र टेलरले ९२ रनको साझेदारी गरेका थिए । टेलर थिसेरा परेराको बलमा बोल्ड भए ।

ओपनर मोर्ने भ्यान विकलाई अब्दुर रजाकले शून्यमा बोल्ड गरे । कप्तान शेन वाटसन पनि शून्यमा एलबिडब्लू आउट भएपछि जायन्ट्सले खराब सुरुवात गरेकोा थियो । ओपनर लेन्डल सिमन्स १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा रन आउट भए ।

एसियाका अब्दुर रजाकले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । थिसेरा परेराले एक विकेट लिए । पारस खड्का एसियाको प्लेइङ ११ मा रहेपनि बलिङको अवसर भने पाएनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.