default_image

3 years ago

March 20, 2023

अस्मिनाको कप्तानीमा ललितपुर मेयर्स-११ को टोली घोषणा

451 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिकी बलर अस्मिना कर्माचार्यको कप्तानीमा ललितपुर मेयर्स कप वुमन्स टि२० प्रतियोगिता खेल्ने ललितपुर मेयर्स ११ को टोली घोषणा गरेको छ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय महिला टि२० प्रतियोगिता सेमिफाइनलमा पुग्न नसकेका चार प्रदेशका १४ खेलाडी समेट्दै ललितपुर मेयर्स ११ टोली घोषणा गरेको छ।

चैत ९ देखि १६ सम्म टियु मैदानमा हुने प्रतियोगितामा पाँच टोलीको सहभागीता छ । लिगको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन् । कोशीलाई हराउँदै सुदूरले उपाधि जितेको थियो । एपिएफ र मधेश सेमिफाइनलबाट बाहिरिएका थिए ।

ललितपुर मेयर्स ११ को टोली :

अश्मिना कर्माचार्य (कप्तान), कृतिका मरासिनी, लक्ष्मी चौधरी, सृष्टि जैशी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, खुशी डंगोल, सुजिता थापा, किरण कुँवर, मनिषा उपाध्याय, सीमा केसी, सरसस्वी पुन, रञ्जु श्रेष्ठ र हेलिसा गुरुङ ।
वैकिल्पक :

रचना चौधरी, बिना थापा, विपिशा शाही र एन्जिला थापा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.