default_image

3 years ago

March 20, 2023

पारसको टोली च्याम्पियन

354 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग मास्टर्सको उपाधि जितेको छ । फाइनमा एसियाले सोमबार राती वल्र्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले १६.१ ओभरम ३ विकेट गुमाउँदै पूरा गर्यो । एसियाको जितमा ओपनर तिलकरत्ने दिलशानले ४२ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । उपुल थरंगा २८ बलमा ५ चौका र ३ छक्कासहित ५७ रनमा आउटभए ।

पहिलो विकेटका लागि थरंगा र दिलशानले १० ओभरमा १ सय १५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ब्रेट ली ले थरंगालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । स्मित पटेलले दिलशानलाई बोल्ड गरे । मिस्बाह उल हक र मोहम्मद हफिज ९-९ रनमा अविजित रहे । जायन्ट्समा ब्रेट ली, स्मित पटेल र मोन्टि पनेसारले एक एक विकेट लिए ।

त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनएको थियो । दक्षिण अफ्रिकी महान् अलराउन्डर ज्याक्स कालिस ५३ बलमा ५ चौका र ३ छक्कासहित ७६ रनमा नटआउट रहेपनि टोलीको हार टार्न सकेनन् ।

न्युजिल्यान्डका रस टेलर ३३ बलमा ३ चौकासहित ३२ रनमा आउट भए । एक समय १९(३ को खराब सुरुवात गरेको जायन्ट्सलाई चौथो विकेटका लागि कालिस र टेलरले ९२ रनको साझेदारी गरेका थिए । टेलर थिसेरा परेराको बलमा बोल्ड भए ।

ओपनर मोर्ने भ्यान विकलाई अब्दुर रजाकले शून्यमा बोल्ड गरे । कप्तान शेन वाटसन पनि शून्यमा एलबिडब्लू आउट भएपछि जायन्ट्सले खराब सुरुवात गरेकोा थियो । ओपनर लेन्डल सिमन्स १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा रन आउट भए । एसियाका अब्दुर रजाकले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । थिसेरा परेराले एक विकेट लिए ।

नेपालका पारस खड्काको भने ब्याटिङ र बलिङ दुवै अवसर आएन । पारस प्रतियोगिताभर ६ खेल मध्य ५ खेलमा मैदान उत्रदा दुई खेलमा मात्रै ब्याटिङ गरेका थिए । पहिलो खेलमा इन्डिया महाराजसविरुद्ध २ बलमा ३ रन र जायन्ट्सविरुद्ध दोस्रो खेलमा १० बलमा ८ रन जोडेका थिए । इन्डिया महाराजसविरुद्ध दोस्रो खेलमा भने पारस टोलीमै परेका थिएनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.