default_image

3 years ago

March 21, 2023

लुम्बिनी प्रदेशले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

272 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश सरकारले नेपाललाई यू–१९ विश्वकप पुर्याउने र आइसिसी विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै सोझै विश्वकप छनोटमा पुर्याउने आफ्ना खेलाडीलाई सम्मान गर्ने भएको छ।

लुम्बिनीले आफ्नो प्रदेशका यू-१९ विश्वकपमा पुर्याउने खेलाडीलाई जनही ५० हजार र जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पुर्याउने खेलाडीलाई जनही एक लाख रुपैयाँले सम्मान गर्ने भएको छ । लुम्बिनी प्रदेशबाट यू-१९ विश्वकप छनोट खेल्ने पाँच र सिनियर खेल्न ६ खेलाडी थिए ।

नेपालले अघिल्लो महिना आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउँदै २०२४ मा जिम्बावेमा हुने यू१९ विश्वकपमा स्थान बनाएको थियो । त्यस्तै लिग २ मा पछिल्ला १२ मध्य ११ खेलमा जित हात पार्दै नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुग्नुको साथै आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाएको थियो ।

कप्तान देव खनाल (रुपन्देही), तीव्र गतिका बलर दुर्गेश गुप्ता (रुपन्देही), ब्याटर आकाश त्रिपाठी (कपिलबस्तु), अलराउन्डर विशाल विक्रम केसी (बर्दिया) र विकेटकिपर उत्तम थापामगर (अर्घाखाँची) गरि पाँच खेलाडीले यू१९ विश्वकप एसिया क्षेत्र छनोट खेलेका थिए ।

सिनियर टोलीतर्फ ओपनर कुशल भुर्तेल (रुपन्देही), कप्तान रोहित पौडेल (नवलपरासी), अलराउनडर कुशल मल्ल (रुपन्देही), स्पिनर मौसम ढकाल (रुपन्देही), तीव्र गतिका बलर सोमपाल कामी (गुल्मी) र प्रतिश जि.सी (प्यूठान) गरि ६ खेलाडी थिए ।

लुम्बिनीबाट प्राविधिकतर्फ तीन जना भएपनि उनीहरुलाई भने नगद रुपैयाँसहित सम्मान नगर्ने भएको छ । सिनियर टोलीका साहयक प्रशिक्षक बसन्त शाही ठकुरी, ब्याटिङ प्रशिक्षक आकाश गुप्ता र फिजियो विक्रम न्यौपाने थिए । यी तीनैजना रुपन्देहीका हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.