default_image

3 years ago

March 21, 2023

प्लेअफ खेल्ने युएईको टोलीमा चार खेलाडी परिवर्तन

265 views

0 Bookmark

एजेन्सी – युनाइटेड अरव इमिरेट्स (युएई) ले शुक्रबारदेखि नामिबियामा सुरु हुने आइसिसी प्लेअफ क्वालिफायर खेल्ने १४ सदस्य टोली घोषणा गरेकोा छ । आइसिसी विश्वकप लिग–२ अन्तिम सिरिज नेपालपछि युएईले टोलीमा चार खेलाडी परिवर्तन गरेको हो ।

युएईको टोलीबाट पूर्वकप्तान सिपी रिजवान, हजरत बिलाल, अश्वन्ता वल्थपा र जवार फरिद बाहिरिएका छन् । युएईका अनुभवी ब्याटर रमिज शहजाद पाँच वर्षपछि युएईको ओडिआई टोलीमा फर्किएका छन् ।

३५ वर्षीय रमिजले १५ ओडिआई खेलमा २ शतक र ४ अर्धशतकसहित कुल ६ सय ९१ रन बनाएका छन् । उनले २०१८ मा स्कटल्यान्डविरुद्ध १ सय २१ र वेस्टइन्डिजविरुद्ध १ सय १२ रनको सानदार शतकीय इनिङ खेलेका थिए । मध्यक्रममा खराब प्रदर्शनपछि उनलाई टोलीमा बोलाएकोछ ।

२१ वर्षीय तीव्र गतिका बलर सन्चित शर्मालाई पनि टोलीमा बोलाएको छ । अर्का २१ वर्षीय भारतीय मुलका अंश टन्डनलाई पनि टोलीमा बोलाएको छ । टन्डन पनि तीव्र गतिका बलर हुन् । मतिउल्लाहलाई पनि टोलीमा राखेको छ । तीव्र गतिका बलर मतिउल्लाह खान पहिलो पटक युएईको टोलीमा परेका हुन् ।

लिग २ बाट नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाएका थिए । प्लेअफमा लिग २ का पुछारका चार टोली र च्यालेन्जस लिग ए र बी का बिजेता गरि कुल ६ टोली हुनेछन् ।

सिंगल राउन्ड रोविनबाट हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । प्लेअफमा युएई, नामिबिया, अमेरिका, पपुवा न्युगिनी, जर्सी र क्यानडा छन् ।

लिग–२ का पुछारका युएई र पपुवा न्युगिनीले सोझै ओडिआई मान्यताको अवसर पनि गुमाई सकेका छन् । यदि प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सकेमात्रै युएई र पपुवा न्युगिनीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।

युएईको लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ । तर पछिल्लो समय भने लगातार खराब प्रदर्शन गर्दै आएको छ । युएईले पहिलो खेल २७ मार्चमा पपुवा न्युगिनीसँग खेल्नेछ । ३० मार्चमा अमेरिका, १ अप्रिलमा क्यानडा, २ अप्रिलमा नामिबिया र ५ अप्रिलमा जर्सीसँग खेल्नेछ ।

युएईको टोली : मोहम्मद वासिम (कप्तान), आयन खान, अंश टन्डन, आर्यन लाक्रा, आसिफ खान, अर्यांश शर्मा, जुनैद सिद्दिक, कार्तिक मयाप्पन, मतिउल्लाह खान, रमिज शाहजद, रोहन मुस्तफा, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.