default_image

3 years ago

March 21, 2023

‘भारत र रणजीबारे’ प्रशिक्षक मोन्टि होईन अध्यक्ष चन्दको मौखिक कुराकानी मात्रै

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई भारतमा र रणजी ट्रफीमा खेल्न अनुमति दिनुपर्छ भनेर मुख्य प्रशिक्षक मोन्टि देशाई नभएर नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भारतीय क्रिकेट बोर्ड(बिसिसिआई) का सचिव जय शाहसँग मौखिक कुराकानी मात्रै भएको बताएका छन् ।

विश्वको चर्चित क्रिकेट अनलाइन पोर्टल क्रिकबजले प्रकाशित गरेको लेखमा चन्दलाई उदृत गरिएपनि अध्यक्ष चन्दले भनेको जय शाहसँग मौखिक कुराकानी मात्रै भएको बताएका छन् । ‘यसअघि हामीले कुरा हुँदा पनि कतिपल्ट भन्यौं । औपचारिक रुपमा अब हामी आग्रह गर्छौं । अहिलेसम्म हामीले भारत र रणजी ट्रफी खेल्न औपचारिक प्रस्ताव भने गरेका छैनौं । इंग्ल्यान्डमा साधारण सभाको समयमा जय शाहसँग मौखिक कुरा भएको हो ।’

‘एकपल्ट भेटेर यो कुरा गर्ने मौका दिन पर्यो भनेर मेल गरेको थिएँ । त्यसको जवाफ आएको छैन । पछिल्लो समय त्यसमा केही थप कुरा भएको पनि छैन । त्यसअघि सबै मौखिक कुरामात्रै थिए,’ चन्दले हाम्रो खेलकुदसँग भने ।

यसबारे हाम्रो खेलकुदले प्रशिक्षक मोन्टि देशाइसँग सम्पर्क गर्दापनि उनले यस किसिमको कुनै अभिव्यक्ति नदिएको बताए । देशाइ हाल छुट्टिमा आफ्नो परिवारसँग नेपालबाहिर रहेका छन् ।

चन्द आइसिसीको वार्षिक साधरण सभाको कारण गत साउनमा इंग्ल्यान्ड भ्रमणमा गएका थिए । त्यो बेला तत्कालिन बिसिसिआई अध्यक्ष सौरभ गांगुली र जय शाहसँग मौखिक छलफल मात्रै भएको बताए। प्रथम श्रेणीको रणजी ट्रफी भारतको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता हो ।

क्रिकबजको लेखमा उदृत गरिएको भनाइ ।

३८ टोलीले प्रतिस्पर्धा गर्ने रणजी ट्रफी खेल्ने खेलाडीको एक दिनको म्याच फि ६० हजार भारु हुन्छ । प्लेइङ ११ मा नरहेका खेलाडीले ३० हजार भारु म्याच फि पाउँछन् । यसै प्रदर्शनको आधारमा भारतीय टेस्ट टोलीमा बोलाइने गरिन्छ । रणजी ट्रफी विश्व क्रिकेटकै सर्वाधिक लोकप्रिय घरेलु प्रथम श्रेणीमा पर्दछ । भारतका एक दुई प्रमुख खेलाडी बाहेक अन्य सबैले रणजी खेल्ने गर्दछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.