default_image

3 years ago

March 21, 2023

नेपालसँग लगातार तीन हारपछि युएईका प्रशिक्षकको जागिर गयो

290 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युनाइटेड अरव इमिरेट्स (युएई) ले नेपालसँग लगातार तीन खेलमा हार व्यहोरेपछि मुख्य प्रशिक्षक रोविन सिंहलाई पदबाट हटाएको छ । पछिल्लो समय लगातार खराब प्रदर्शन गर्दै ओडिआई मान्यता नै संकटमा पुर्याएपछि रोविन सिंहलाई युएईले पदबाट हटाएको छ ।

युएईले शुक्रबारदेखि नामिबियामा सुरु हुने प्लेअफ क्वालिफायरको लागि पाकिस्तानका पूर्वस्टार अलराउन्डर मुदास्सर नाजरलाई कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । भारतीय पूर्वअलराउन्डर रोविनसिंह २०२० को फेब्रुअरीमा युएईको निर्देशकमा नियुक्त भएका थिए ।

रोविनले टोलीभित्रै आन्तरिक राजनीति गरेपछि युएईको टोलीमै एकताको कमी भएको थियो । युएईलाई शीर्ष तीनमा रहँदै सोझै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने अवसर थियो । तर लिग-२ मा युएईले पछिल्ला १५ खेल मध्य तीन खेलमा मात्रै जित हात पारेपछि छैटौं स्थानमा अन्त्य गरेको थियो । जसको कारण सोझै विश्वकप छनोट र ओडिआई मान्यता गुमाएको थियो ।

शुक्रबारदेखि युएई, नामिबिया, पपुवा न्युगिनी, अमेरिका, जर्सी र क्यानडामा हुने प्लेअफ छनोट ओडिआई मान्यता निरन्तरता गर्ने यो अन्तिम मौका हुनेछ । युएईले जर्सी, पपुवा न्युगिनी र क्यानडालाई पछि पार्न सके ओडिआई मान्यता पाउनेछ । अन्यथा चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ।

यस सिजनमा युएईले टि२० र ओडिआई गरि कुल २८ खेल खेल्दा २० खेल हारेको छ । नेपालसँग पछिल्ला तीन खेलमा लगातार हार ब्यहोरेको थियो । लिगको सबैभन्दा कमजोर पपुवा न्युगिनीसँग पछिल्ला चार मध्य तीन खेल पनि हार्न पुगेको थियो ।
युएई मार्च १२ मा टियु मैदानमा २ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ७१ रनमा अल आउट भएको थियो ।

जुन युएईको ओडिआई इतिहासकै सर्वाधिक कम योगफल थियो । पछिल्ला तीन खेलमा युएई नेपालसँग ९ रनले डकवर्थ लेविस पद्धति, १ सय ७७ रन र ४२ रनले पराजित भएको थियो । अन्तिम खेलमा आसिफ खानले ४१ बलमै शतक हानेपछि नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

जितको लागि ३ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा ब्याड लाइटर कट अफ टाइमको कारण नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले विजयी भएको थियो । त्यस्तै घरेलु मैदान दुबईमा नेपालले दिएको २ सय ३० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ९४-१ को अवस्थाबाट १ सय ८७ रनमा अल आउट भएको थियो ।

युएईले पछिल्ला १० खेलमा दुई खेलमा मात्रै २ सय रन कटाएको थियो । पपुवा न्युगिनीलाई अन्तिम खेलमा ६ विकेटले हराउनेक्रममा २ सय ३५ रनको लक्ष्य ३८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा मोहम्मद वासिमले ६१ बलमै शतक हानेका थिए । नेपाललाई युएईले पछिल्लो खेलमा २ मार्चमा ६८ रनले हराएको थियो ।

२ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३७ रनमा अल आउट भएको थियो । त्यसपछि नेपालले युएईमाथि सानदार प्रदर्शनका साथ लगातार तीन जित हात पारेको थियो । युएई पपुवा न्युगिनीसँग घरेलु मैदान दुबईमा ९५ रनमा अल आउट भएको थियो ।

रोविन मुख्य प्रशिक्षक हुँदा युएईले लगातार हार, खराब ब्याटिङ, लगातार ब्याटिङक्रम परिवर्तन र टिम सन्तुलन भद्रगोल बनाएको थियो । युएइले शुक्रबारदेखि नामिबियामा सुरु हुने आइसिसी प्लेअफ क्वालिफायर खेल्ने १४ सदस्य टोली घोषणा गर्दा चार खेलाडी परिवर्तन गरेको छ ।

युएईको टोलीबाट पूर्वकप्तान सिपी रिजवान, हजरत बिलाल, अश्वन्ता वल्थपा र जवार फरिद बाहिरिएका छन् । युएईका अनुभवी ब्याटर रमिज शहजाद पाँच वर्षपछि युएईको ओडिआई टोलीमा फर्किएका छन् ।

३५ वर्षीय रमिजले १५ ओडिआई खेलमा २ शतक र ४ अर्धशतकसहित कुल ६ सय ९१ रन बनाएका छन् । उनले २०१८ मा स्कटल्यान्डविरुद्ध १ सय २१ र वेस्टइन्डिजविरुद्ध १ सय १२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

मध्यक्रममा खराब प्रदर्शनपछि उनलाई टोलीमा बोलाएकोछ । उनलाई बोलाउँदा मध्यक्रममा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छ । रमिजले घरेलु क्रिकेटमा पनि सानदार प्रदर्शन गर्दै आएका छन् । उनको ओडिआईमा औसत रन ५३.१५ छ ।

२१ वर्षीय तीव्र गतिका बलर सन्चित शर्मालाई पनि टोलीमा बोलाएको छ । अर्का २१ वर्षीय भारतीय मुलका अंश टन्डनलाई पनि टोलीमा बोलाएको छ । टन्डन पनि तीव्र गतिका बलर हुन् । मतिउल्लाहलाई पनि टोलीमा राखेको छ । तीव्र गतिका बलर मतिउल्लाह खान पहिलो पटक युएईको टोलीमा परेका हुन् ।

लिग २ बाट नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाएका थिए । नेपालले १२ मध्य ११ खेलमा जित हात पार्दै सोझै ओडिआई मान्यता पाउनुको साथै विश्वकप छनोटमा पुगेको थियो ।

६ टोली सहभागी प्लेअफमा सिंगल राउन्ड रोविनबाट हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । युएईले प्लेअफमा पहिलो खेल २७ मार्चमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

३० मार्चमा अमेरिका, १ अप्रिलमा क्यानडा, २ अप्रिलमा नामिबिया र ५ अप्रिलमा जर्सीसँग खेल्नेछ । यसै प्रतियोगिताले युएईको आगमी चार वर्षको भविष्य निर्धारण गर्नेछ ।

प्लेअफ खेल्ने युएईको टोली :

मोहम्मद वासिम (कप्तान), आयन खान, अंश टन्डन, आर्यन लाक्रा, आसिफ खान, अर्यांश शर्मा, जुनैद सिद्दिक, कार्तिक मयाप्पन, मतिउल्लाह खान, रमिज शाहजद, रोहन मुस्तफा, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.