3 years ago
March 21, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर हेनरिक क्लासेनको विष्फोटक शतकमा दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा वेस्टइन्डिजलाई ४ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ ।

जितको लागि २ सय ६१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा हेनरिक क्लासेन ६१ बलमा १५ चौका र ५ छक्कासहित १ सय १९ रनमा अविजित रहे । उनले ५४ बलमा शतक प्रहार गरेका थिए ।
उनी ओडिआईमा सर्वाधिक छिटो हान्ने चौथो दक्षिण अफ्रिकी ब्याटर हुन् । एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमा शतक हानेका थिए । जुन ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हो । मार्क बाउचरले २००६ मा जिम्बावेविरुद्ध ४४ बल र एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ५२ बलमा शतक हानेका थिए ।
त्यस्तै मार्को यानसन ३३ बलमा ५ चौका र २ छक्कासहित ४३ रनमा आउट भए । यानसन र क्लासेनले छैटौं विकेटका लागि १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए ।
कप्तान एडेन माक्ररम २५, रास्सी भान डर डुसेन १४ र डेविड मिलर १७ रनमा आउट भए । वेस्टइन्डिजका अल्जारी जोशेपले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । अकिल हुसैनले ७ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४८.२ ओभरमा २ सय ६० रनमा अल आउट भएको थियो । वेस्टइन्डिजका ओपनर ब्रेन्डन किंगले ७२ बलमा ११ चौका र १ छक्कासहित ७२ रन बनाएपनि टोलीको जितको लागि पर्याप्त हुन सकेन । ओपनर काइल मेयर्स १४, कप्तान शाई होप १६, जेसन होल्डर ३६ र रोभम्यान पावेल २ रनमा आउट भए ।
निकोल पुरन ४१ बलमा १ चौका र ३ छक्कासहित ३९ रन जोडे । दक्षिण अफ्रिकाका मार्को यानसन, ब्यूर्जोन फोर्टुइन र जेराल्ड कोइट्जेले समान दुई विकेट लिए ।
पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिज ४८ रनले पराजित भएको थियो । यी दुई टोलीबीच अव तीन टि२० आई खेलको सिरिज हुनेछ । पहिलो खेल २५ मार्च, दोस्रो खेल २६ मार्च र तेस्रो खेल २८ मार्चमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]