3 years ago
March 21, 2023
एजेन्सी – सातौं नम्बरका ब्याटर तेजा निदामनुरुको सानदार शतकमा नेदरल्यान्ड्सले पहिलो ओडिआई खेलमा टेस्ट टोली जिम्बावेलाई तीन विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा नेदरल्यान्ड्सले १-० को अग्रता लिएको छ।

जितको लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा तेजा ९६ बलमा ९ चौका र ३ छक्कासहित १ सय १० रनमा अविजित रहे । एक समय ६४-५ को अवस्थामा पुगेको नेदरल्यान्ड्सलाई छैटौं विकेटका लागि तेजा र कोलिन एकरम्यानले ४६ रनको साझेदारी गरेका थिए ।
एकरम्यान ७२ बलमा ४ चौकासहित ५० रनमा आउट भए । सातौं विकेटका लागि तेजाले शरिज अहमदसँग १ सय १० रनको सानदार शतकीय साझेदारी गरेका थिए । जुन नेदरल्यान्ड्सको जितको टर्निङ प्वाइन्ट बन्यो । शरिज ३७ बलमा २ चौकासहित ३० रनमा आउट भए ।
पल भान माक्रेनले ९ बलमा २ चौका र १ छक्कासहित २१ रन जोड्दै खेल सकाएका थिए । ओपनर विक्रमजित सिंह ८, म्याक्स ओडाउड २०, टम कपर १ र मुसा अहमद शून्यमा आउट भए । जिम्बावेका वेंलिंग्टन मसाकाड्जाले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । रिचर्ड न्गरावाले दुई विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ४७.३ ओभरमा २ सय ४९ रनमा अल आउट भएको थियो । जिम्बावेका विकेटकिपर क्लाइभ मडान्डेले ९८ बलमा ६ चौकासहित सर्वाधिक ७४ रन बनाए । तर जितको लागि पर्याप्त हुन सकेन । तल्लोक्रमका रिचर्डले २७ बलमा ३ चौका र २ छक्कासहित ३५ रन जोडे ।
वेलिंग्टन मसाकाड्जाले ५० बलमा ३ चौकासहित ३४ रन जोडे । सिकन्दर राजा २२ र रयान बर्ल १० रनमा आउट भए । एक समय ९८-७ को दयनीय अवस्थामा पुगेको जिम्बावेलाई आठौं विकेटका लागि मसाकाड्जा र मडान्डेले ७० रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नवौं विकेटका लागि रिचर्ड र मडान्डेले ६६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए ।
नेदरल्यान्ड्सका फर्द क्लासेनले ९.३ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । पल भान मार्केनले ९ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । ब्रेन्डन ग्लोभर, विक्रमजित सिंह र शरिज अहमदले एक एक विकेट लिए । दोस्रो खेल बिहीबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]