3 years ago
March 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा हुने टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने व्हीलचियर क्रिकेट टिमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आर्थिक सहयोग गरेको छ ।

समाजले आज काठमाडौको समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषको कार्यालयमा पुगेर संस्थाले संकलन गरेको २१ हजार रुपैयाँ टिम लिडर तथा प्रशिक्षक भरत बहादुर कार्कीलाई हस्तान्तरण गरेको छ । यस रकमबाट टोलीले खेल सामग्री व्यवस्थापन गर्नेछ ।
एनसिएसएसको तर्फबाट केन्द्रिय अध्यक्ष नारायण पराजुली तथा आजिवन सदस्य सागर पङेनी उपस्थित थिए । अध्यक्ष पराजुलीले सम्पूर्ण टिमलाई सफलता शुभकामना साथै आगामी दिनमा पनि व्हिलचियर क्रिकेट टिम र नेपाली क्रिकेट समर्थक समाज बिच सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
चारदेशिय प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र बङगलादेश बीच प्रतिस्पर्धा हुनेछ । चैत ९ गतेदेखि १५ गते सम्म भारतको गुजरातमा हुने प्रतियोगिताका लागि खेल सामाग्री अभाव भएको खबर थाहा पाएपछि संस्थाले आन्तरिक रुपमा सहयोग संकलन गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]