3 years ago
March 22, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को खेलाडीहरुको नयाँ ओडिआई बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ वरियतामा सन्दीप २२ औं स्थानमा यथावत छन् ।

श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगा २३ औं स्थानमा छन् । भारतका स्पिनर कुलदीप यादव २४ औं स्थानमा छन् । भारतका जस्प्रित बुमराह २६ औं, मोहम्मद शामी २८ औं, इंग्ल्यान्डका आदिल राशिद ३१ औं, मार्क वुड ३५ औं, न्युजिल्यान्डका टिम साउथी ३६ औं र पाकिस्तानका शादब खान ३८ औं स्थानमा छन् । भारतका युजभेन्द्र चहल ४२ औं र दक्षिण अफ्रिकाका तबरेज शाम्सी ४४ औं स्थानमा छन् ।
दीपेन्द्रसिंह ऐरी ५६ औं स्थानमा यथावत छन् । सोमपाल कामी एक स्थान खस्किदै ६७ औं स्थानमा पुगेका छन् । करण केसी एक स्थान सुधार गर्दै ९६ औं स्थानमा छन् । बलिङतर्फ ओडिआई वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया जोश हेजलवुड, दोस्रो स्थानमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र तेस्रो स्थानमा मोहम्मद शिराज छन् ।
ओडिआई वरियता ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ५७ औं स्थानमा छन् । आसिफ शेख ६७ औं स्थानमा यथावत छन् । पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन् ।
नेपालले ओडिआई वरियतामा एक स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ । टि२० आई वरियतातर्फ भने आइसिसीले नयाँ अपडेट सार्वजनिक गरेको छैन । नेपाल टि२० आई वरियतामा १६ औं स्थानमा यथावत छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]