3 years ago
March 22, 2023
एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम निर्णायक ओडिआई खेलमा घरेलु टोली भारतलाई २ सय ७० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

चेन्नइमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ४९ ओभरमा २ सय ७९ रनमा अल आउट भयो ।अष्ट्रेलियाका ओपनर मिचेल मार्शले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।
अष्ट्रेलियालाई ओपनर ट्रविस हेड र मिचेल मार्शले पहिलो विकेटका लागि १०.५ ओभरमा ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । हार्दिक पाड्याको बलमा ठूलो सट खेलेका हेड डिप स्क्वायर लेगमा कुलदिप यादवबाट ३३ रनमा क्याच आउट भए । उनले ३१ बलमा ४ चौका र २ छक्का हाने ।
हार्दिकले आक्रमक ब्याटिङ गरेका मार्श बोल्ड आउट भएपछि लगातार विकेट गुमायो । स्टिभ स्मिथ हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर लोकेश राहुलबाट शुन्यमा क्याच आउट भए ।

मार्नश लाबुसेन २८, डेविड वार्नर २३ र मार्कस स्टोइनिस २५ रनमा आउट भए । वार्नरले पहिलो पटक चौथो नम्बरमा ब्याटिङ गरेका थिए । विकेटकिपर एलेक्स केरि ४६ बलमा २ चौका र १ छक्कासहित ३८, शन एबोट २६, एश्टन अगर १७, मिचेल स्टार्क र एडम जाम्पाले १०-१० रन बनाए ।
भारतका हार्दिक पान्ड्याले ८ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदिप यादवले १० ओभरमा १ मेडन्सहित ५६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले दुई दुई विकेट लिए ।
तीन खेलको सिरिज १-१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा भारत ५ विकेट र दोस्रो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]