default_image

3 years ago

March 22, 2023

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो सिरिज उपाधि

481 views

0 Bookmark

एजेन्सी – स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले २-१ ले जितेको हो । पहिलो खेल गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ अष्ट्रेलियाले सिरिज उपाधि जितेको हो ।

जितको लागि २ सय ७० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारत ४९.१ ओभरमा २ सय ४८ रनमा अल आउट भयो । भारतका प्रमुख ब्याटर विराट कोहलीले ७२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ९.१ ओभरमा ६५ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर शन एबोटले १० औं ओभरको पहिलो बलमा कप्तान रोहित शर्मा ठूलो सट खेल्ने धुनमा डिप स्क्वायर लेगमा मिलेल स्टार्कबाट क्याच आउट भए । रोहितले १७ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए ।

गिललाई जाम्पाले १३ औं ओभरको दोस्रो बलमा ३७ रनमा एलबीडब्लू आउट गरे । गिलले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि लोकेश राहुल र विराट कोहलीले ९३ बलमा ६९ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए । राहुल जाम्पाको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर लङअनमा शन एबटले ३२ रनमा क्याच गराए । राहुलले ५० बलमा २ चौका र १ छक्का हाने।

अक्षर पटेल २ रनमा रन आउट भए । स्पिनर एश्टन अगरले ३६ औं ओभरमा दुई महत्वपूर्ण विकेट लिएपछि भारतको जितको सम्भावना कठिन बनेको थियो । पहिलो बलमा विराट कोहली डेविड वार्नरबाट क्याच आउट भए । लगत्तै अर्को बलमा बोल्ड हुँदै सूर्यकुमार यादव गोल्डेन डक आउट भए । सूर्य तीनै खेलमा गोल्डेन डक आउट भए ।

सुरुवाती दुई खेलमा मिचेल स्टार्कको बलमा एलबीडब्ली आउट भएका थिए । तीन खेलको ओडिआई सिरिजमा गोल्डेन डक आउट तीनै खेलमा हुने सूर्य पहिलो ब्याटर हुन् ।

हार्दिक पान्ड्या ४० बलमा ३ चौका र १ छक्कासहित ४० रनमा क्याच आउट भए । जाम्पाको बलमा ठूलो सट खेलेका पान्ड्या कभरमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि भारतको झिनो आशा सकिएको थियो । रविन्द्र जडेजा १८ र मोहम्मद शामी १४ रनमा आउट भए ।

अष्ट्रेलियाको जितमा एडम जाम्पाले १० ओभरमा ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । एश्टन अगरले १० ओभरमा ४१ रन खर्चेरर २ विकेट लिए । मार्कस स्टोइनिस र सेन एबोटले एक एक विकेट लिए ।

त्यसअघि चेन्नइमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ४९ ओभरमा २ सय ७९ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाको जितमा ओपनर मिचेल मार्शले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए ।

अष्ट्रेलियालाई ओपनर ट्रविस हेड र मिचेल मार्शले पहिलो विकेटका लागि १०.५ ओभरमा ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । हार्दिक पाड्याको बलमा ठूलो सट खेलेका हेड डिप स्क्वायर लेगमा कुलदिप यादवबाट ३३ रनमा क्याच आउट भएका थिए । उनले ३१ बलमा ४ चौका र २ छक्का हाने ।

हार्दिकले आक्रमक ब्याटिङ गरेका मार्शलाई बोल्ड गरे । दुवै ओपनर गुमाएपछि अष्ट्रेलियाले रन जोड्न सकेको थिएन । कप्तान स्टिभ स्मिथ हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर लोकेश राहुलबाट शुन्यमा क्याच आउट भएका थिए ।

मार्नश लाबुसेन २८, डेविड वार्नर २३ र मार्कस स्टोइनिस २५ रनमा आउट भए । वार्नरले पहिलो पटक चौथो नम्बरमा ब्याटिङ गरेका थिए । विकेटकिपर एलेक्स केरी ४६ बलमा २ चौका र १ छक्कासहित ३८, शन एबोट २६, एश्टन अगर १७, मिचेल स्टार्क र एडम जाम्पाले १०-१० रन बनाए ।

भारतका हार्दिक पान्ड्याले ८ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदिप यादवले १० ओभरमा १ मेडन्सहित ५६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले दुई दुई विकेट लिए । पहिलो खेलमा भारत ५ विकेट र दोस्रो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.