3 years ago
March 22, 2023
अर्जुन कार्की, बागलुङ
क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृहजिल्ला बागलुङमा सम्मानित भएका छन् । नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर करण र यू-१९ टोलीका प्रमुख स्पिनर सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको छ ।

नगरपालिकाले नेपाली क्रिकेटलाई आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १ लाख रुपैयाँले सम्मान गर्यो । त्यस्तै यू-१९ टोलीलाई २०२४ मा श्रीलंकामा हुने विश्वकपमा पुर्याउने सुवासलाई ५० हजार रुपैयाँ नगदसहित सम्मानित गरेको छ ।
खेलाडीलाई सम्मान गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले खेलकुदको विकासमा नगरपालिका सधैं लाग्ने बताए। उनले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने र पूर्वाधार बनाउन प्रतिबद्ध रहेको बताए । ‘नगरपालिका खेल पूर्वाधार बनाउन प्रतिबद्ध छु । खेलाडी उत्पादन गर्न र खेलाडीको मनोबल उच्च बनाउनसमेत हामी लाग्नेछौं’, श्रेष्ठले भने ।
त्यस्तै खेलाडी सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद दिलमाया पौबीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरूको जीवन निर्वाहको लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताइन्। सम्मानित भएपछि बोल्दै करणले गृह जिल्लामा सम्मानित हुन पाउँदा थप हौसला बढेको बताए। उनले सम्मानले जिम्मेवारी थप बढेको र जिम्मेवारीलाई खेलकुदमा रुपान्तरण गर्ने र आशा र भरोसा तोड्न नदिने बताए।

करण बागलुङ नगरपालिका-८ सिगानाका हुन् । सुवास काठेखोला गाउँपालिका-१ पालाका हुन्। नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पुर्याउन करणले आईसीसी विश्वकप लिग-२ मा ५० विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । करण नेपालका प्रमुख बलर हुन् ।
त्यस्तै अघिल्लो महिना आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै नेपाललाई २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपमा पुर्याउन सुवासले पाँच खेलमा ४३ ओभर बलिङ गर्दै ११५ रन खर्चेर ७ विकेट लिएका थिए ।

फाइनलमा सुवासले अर्यांश शर्मालाई बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । फाइनलमा युएईविरुद्ध दुई विकेट लिँदै खेल परिवर्तन गरेका सुवासले गण्डकी प्रदेशबाट घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । करणले भने घरेलु क्रिकेट नेपाल पुलिस क्लबबाट खेल्ने गर्दछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]