default_image

3 years ago

March 23, 2023

मुख्य प्रशिक्षक मोन्टि देशाईको तलब बढ्ने

463 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाईको तलब बढ्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओडिआई मान्यतालाई निरन्तरता दिएपछि सम्झौता अनुसार तलब बढाउने भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदसँग अन्तर्वार्ताको क्रममा उक्त कुरा बताएका छन् ।

‘शीर्ष तीनमा पुग्छौं भन्नेमा मैले कल्पना गरेको थिएन । हामी नामिबियामा हुने प्लेअफबाट फेरि जिम्बावेको टिकट लिन्छौं भन्ने कुराहरु हुन्थ्यो । ओडिआई मान्यता ७५ प्रतिशत जितेर लिन सक्छौं भन्ने थियो । ओडिआई बचाए मोन्टिको तलब बढाउने सम्झौता थियो । लिग-२ बाट होस् वा प्लेअफबाट हामीले स्पष्ट भनका भने थिएनौं । तर ओडिआई बचाए तलब बढाउने सम्झौतानै गरेका थियौं । १०/१२ दिनको अभ्यासपछि मोन्टिले ओडिआई बचाउन सक्छु भन्ने आश्वासन दिएका थिए’, चन्दले हाम्रो खेलकुदसँग भने ।

त्यसैमा उनले थपे, ‘कोचले आशा दियो । खेलाडीहरुको एकता । सन्दीप लामिछानेको आगमनले त्यो हुँदा अव नेपाली क्रिकेट अव ठिक ठाउँमा आउँछ भन्ने भित्री मनबाट लागेको थियो । सोझै विश्वकप छनोटमा जान्छौं भनेर कसैले सोचेको थिएन ।’

मोन्टिले यसअघि सबै खर्च र कर काटेर मासिक १० हजार डलर पाउँथे । अव उनको दुई हजार डलर बढ्ने क्यानले जनाएको छ । अव मोन्टिले सबै खर्च कटाएर मासिक १२ हजार डलर (झन्डै १६ लाख नेपाली रुपैयाँ) प्राप्त गर्नेछन् ।

चन्द नेपाललाई भाग्यले पनि साथ दिएको बताउँछन् । ‘हामीलाई भाग्यले पनि साथ दियो । हामी टस जित्दै गयौं । घरेलु सिरिज हुँदा खेलाडीहरुमा एउटा हौसला भयो । मलाई लाग्छ रोहित लक्की कप्तान हो । राष्ट्रिय एकताको टिम बनेको छ । यो टिम उत्कृष्ट थियो । एक जुट भएको खण्डमा यो टिमले जे पनि गर्नसक्छ भन्ने आशा थियो । र देखियो पनि । सबलाई धन्यावाद’, चन्दले भने ।

नेपाल मोन्टि आउनु अघि २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा थियो । मोन्टि आएपछि ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । अर्थात पछिल्ला १२ मध्य ११ खेल नेपालले जित्यो ।

देशाई आउँदा नेपाललाई शीर्ष तीनमा पर्न सबै खेल जित्नुपर्ने र ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने समीकरण थियो । त्यसबेला टोलीको प्रदर्शन हेर्दा ओडिआई मान्यता जोगाउन निकै कठिन देखिन्थ्यो । विश्वकप छनोटमा सोझै स्थान बनाउने कल्पना बाहिर थियो । तर मोन्टिले अविश्वसनीयरुपमा नेपाललाई शीर्ष तीनमा पुयाउँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुर्याए । गुमि सकेको ओडिआई मान्यता जोगाएका थिए ।

मोन्टिको प्रदर्शनमा नेपालले सानदार ब्याटिङ प्रदर्शन गरेको थियो । नेपालले पहिलो खेलमै नामिबियाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य पूरा गर्दै इतिहास रचेको थियो । जुन नेपालले ओडिआई इतिहासमा पूरा गरेको उच्च योगफल थियो । त्यसअघि नेपालले ओडिआईमा २ सय ५५ रन मात्रै युएईविरुद्ध २०१९ मा पूरा गरेको थियो । नेपालले लगातार तीन खेलमा २ सय ७० रनमाथिको योगफल पूरा गरेको थियो ।

चन्द मोन्टिलाई ल्याउने निर्णय ठूलो उपलब्धी भएको बताउँछन् । ‘मोन्टि देशाई ल्याउने पनि एउटा उपलब्धी हो । उपलब्धी मात्रै होइन ठूलो उपलब्धी हो । मोन्टिलाई पहिला पनि हामीले ल्याउने प्रयास नगरेको त होईन । विभिन्न र ब्यक्तिगत कारणले नेपाललाई समय दिनसक्नु भएन । दिन्छु भनेपछि हामीले छलफलबाट लियौं । मोन्टिलाई ल्याउनमा कसैको बिमति पनि थिएन । केहि साथीले प्रशिक्षकको रुपमा केहि कुरा उठाएको पनि थिएन । तर राम्रो भएपछि मोन्टि ल्याउने विषय ठिक थियो । सरकार र हाम्रो क्रिकेटबीच भएका सबै धारले मोन्टि एउटा टर्निङ प्वाइन्ट नै हो’, उनले भने ।

मोन्टि हाल बिदामा घर गएका छन् । लिग २ त्रिकोणात्मक ओडिआई सिरिजपछि क्यानले खेलाडीलाई १५ दिनको छुट्टी दिएको छ । त्यसपछि क्यानले एसिसी प्रिमियर कप र विश्वकप छनोटको तयारी गर्नेछ । एसिसी प्रिमियर कप अर्को महिना नेपालले हुनेछ ।

१० टोली सहभागी प्रतियोगिता उपाधि जित्न सके नेपालले एकदिवसीय एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । जुन जुलाईमा जिम्बावेमा विश्वकप ग्लोबल छनोट हुनेछ । १० टोली सहभागी प्रतियोगितामा दुई समूहमा विभाजन गरिनेछ । सुपर सिक्स हुँदै शीर्ष दुईमा रहने टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

चन्दसँगको अन्तर्वार्ताको भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=In3bDWevZMI&t=667s

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.