default_image

3 years ago

March 23, 2023

काइल कोट्जरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

208 views

0 Bookmark

एजेन्सी – स्कटल्यान्डका सर्वाधिक सफल ब्याटर तथा पूर्वकप्तान काइल कोट्जरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । कोट्जरले ३८ वर्षको उमेरमा उनले सन्न्यासको घोषणा गरेका छन् ।

उनले अव नर्थन डाइमन्डको प्रशिक्षक सम्माल्ने छन् । ८९ ओडिआई खेलमा उनले ५ शतक र २१ अर्धशतकसहित कुल ३ हजार १ सय ९२ रन बनाएका छन् । स्कटल्यान्डबाट ओडिआईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । ७० टि२० आई खेलमा उनले १ हजार ४ सय ९५ रन बनाएका छन् ।

१ सय ९९ लिष्ट ए खेलमा ११ शतक र ३८ अर्धशतकसहित ६ हजार २ सय ९६ रन बनाएका छन् । ४५ ओडिआई खेलमा कप्तानी गर्दा २६ मा जित र १७ मा हार व्यहोरेका थिए । ४१ टि२० आई खेलमा समान २० मा जित र २० मा हार छ । कोट्जर विश्व एसोसियट क्रिकेटकै एक उत्कृष्ट ब्याटरमा पर्दछन् ।

कोट्जरले २०२० मा आइसिसीको दशककै उत्कृष्ट एसोसियट खेलाडी चुनिएका थिए । उनले नेपालका पारस खड्कालाई पछि पारेका थिए । उनको कप्तानीमा स्कटल्यान्ड एसोसियटकै उत्कृष्ट टोली बनेको थियो । कोट्जरले अन्तिम खेल नेपालविरुद्ध नै फेब्रुअरी २१ मा खेल्दै २२ रनमा आउट भएका थिए ।

उनको उत्कृष्ट प्रदर्शनको सहयोगमा स्कटल्यान्डले आइसिसी विश्वकप लिग-२ सिरिज २०१९/२३ को उपाधि जितेको थियो । कोट्जरले अघिल्लो वर्ष स्कटल्यान्डको कप्तानी छाडेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.