default_image

3 years ago

March 23, 2023

अष्ट्रेलियाले अन्त्य गर्यो घरेलु मैदानमा भारतको लगातार सिरिज उपाधि यात्रा

418 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले घरेलु टोली भारतलाई तेस्रो ओडिआई खेलमा बुधबार २१ रनले हराउँदै सिरिज जितेको छ । अष्ट्रेलियाले तीन ओडिआई खेलको सिरिज २-१ ले जित्यो । पहिलो खेल ५ विकेटले हारेपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ १० विकेट र २१ रनले जित्दै अष्ट्रेलियाले सिरिज जितेको थियो ।

योसँगै अष्ट्रेलियाले भारतको घरेलु मैदानमा २०१९ देखि अपराजित सिरिज उपाधि यात्रामा पूर्णविराम लगाएको छ । २०१८ देखि भारतले घरेलु मैदानमा दुई सिरिज मात्रै गुमाएको छ । पछिल्ला ७ ओडिआई सिरिज लगातार जितेको थियो ।

पछिल्लो पटक भारतले घरेलु मैदानमा ओडिआई सिरिज अष्ट्रेलियासँग नै २०१९ मा ३-२ ले गुमाएको थियो । २०१९ मार्चमा स्टिभ स्मिथ र डेविड वार्नर विनाको अष्ट्रेलियाले पाँच ओडिआई खेलको सिरिज ३-२ ले जितेको थियो ।

उक्त सिरिजमा पनि अष्ट्रेलियाले सुरुवाती दुई खेल ६ विकेट र ८ रनले पराजित भएको थियो । त्यसपछि सानदार पूनरागमन गर्दै ३२ रन, ४ विकेट र ३५ रनले जित्दै सिरिज जितेको थियो । उक्त समय बल टेम्परिङ काण्डको कारण स्मिथ र वार्नर थिएनन् ।
त्यसपछि घरेलु मैदानमा भारतले लगातार ७ सिरिज उपाधि जितेको थियो ।

भारतले २०१९ मा वेस्टइन्डिज, २०२० मा अष्ट्रेलिया र २०२१ मा इंग्ल्यान्डसँगको तीन ओडिआई खेलको सिरिज समान २-१ ले जितेको थियो । त्यस्तै वेस्टइन्डिजसँग तीन खेलको सिरिज २०२२ मा ३-० र दक्षिण अफ्रिकासँग तीन खेलको सिरिज २-१ ले जितेको थियो । त्यस्तै श्रीलंकासँग २०२३ मा तीन खेलको सिरिज र न्युजिल्यान्डसँग समान ३-० ले जितेको थियो ।

भारतलाई उसकै भूमिका हराउन ओपनर मिचेल मार्श र मिचेल स्टार्कको प्रदर्शन उत्कृष्ट रह्यो । मार्शले तीन खेलमा १ सय ९४ रन बनाउँदै प्लेयर अफ द सिरिज चुनिए । मार्शले पहिलो खेलमा ८१, दोस्रो खेलमा ६६ र तेस्रो खेलमा ४७ रन बनाएका थिए ।
मिचेल स्टार्कले तीन खेलमा ८ विकेट लिए ।

स्टार्कले पहिलो खेलमा तीन र दोस्रो खेलमा स्टार्कले पाँच विकेट लिएका थिए । स्टिभ स्मिथको कप्तानी पनि सिरिजमा सानदार रह्यो । भारतीय क्रिकेट टोलीका ब्याटर सूर्यकुमार यादव भने तीनै खेलमा गोल्डेन डक आउट भए । सुरुवाती दुई खेलमा मिचेल स्टार्क र तेस्रो खेलमा एश्टन अगरको बलमा आउट भएका थिए ।

यो सिरिज जितसँगै अष्ट्रेलिया ओडिआई वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । भारत दोस्रो, न्युुजिल्यान्ड तेस्रो र इंग्लयान्ड चौथो स्थानमा छ । नेपाल भने १५ औं स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.