3 years ago
March 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीलाई झिमरुक गाउँपालिकाले नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आइसिसी विश्वकप लिग २ मा रहँदै नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट पुर्याउन र ओडिआई मान्यता जोगाउन योगदान दिएका प्रतिशलाई झिमरुकले बिहीबार गाउँपालिका भवन भ्याउतेमा सम्मान गरेको हो ।

झिमरुक गाउँपालिका वडा नम्बर ३ लामासेराका प्रतिशले घरेलु क्रिकेट भने काठमाडौंबाट खेल्ने गर्दछन् । प्रतिशले तीन साता अघि आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए ।
उनले घरेलु टोली युएईविरुद्ध खेल्दै राम्रो प्रदर्शन गरेका थिए । घरेलु मैदान टियुमा पपुवा न्युगिनी र युएईसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा पनि प्रतिश नेपाली टोलीमा रहेपनि खेल्ने मौका पाएका थिएनन् ।
त्यस्तै प्रतिशलाई झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल र पोख्रेल पाउन्डेसनले समान ५० हजारले सम्मान गरेका छन् । प्रतिश प्यूठान जिल्लाबाट नेपाली क्रिकेट टोलीमा खेल्ने पहिलो खेलाडी बनेका छन् ।

प्रतिशले नेपालको यू-१९ र यू-१६ दुवै खेलेका छन् । घरेलु क्रिकेट भने उनले बागमती प्रदेशबाट खेल्ने गर्दछन् । प्यूठानबाट प्रतिशपछि स्पिनर तुलबहादुर थापाले लुम्बिनी प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका छन् । तुल यू-१९ टोलीको बन्द प्रशिक्षणमा पनि परेका थिए । बायाँ हाते बलर प्रतिश तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्ने गर्दछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]