default_image

3 years ago

March 23, 2023

सुदूरको सानदार विजयी सुरुवात

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई ५१ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनायो । ललितपुरकी ओपनर लक्ष्मी चौधरीले ३८ बलमा २ चौकासहित सर्वाधिक २५ रन बनाइन् ।

कन्चन श्रेष्ठले १६ र हेलिसा गुरुङले १९ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सोनी पाख्रिन ३, सीमाना केसी २, अश्मिना कर्माचार्य ८ र सुजता थापा शून्यमा आउट भइन् । सुदूरकी ऋतु कनोजियाले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । ललितपुरका पाँच खेलाडी रन आउट भएका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । सुदूरको जितमा सम्झना खड्काले ४५ बलमा ६ चौकासहित सर्वाधिक ५१ रनको अविजित योगदान दिइन् । आक्रामक ब्याटर कविता जोशी २८ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अविजित रहिन् ।

चौथो विकेटका लागि कविता र सम्झनाले ६७ रनको अविजित साभेदारी गरेका थिए । तीव्र गतिकी बलर सोनी पाख्रिनले चौथो ओभरको पाँचौं बलमा ओपनर विन्दु रावललाई १८ रनमा बोल्ड आउट गरिन् ।

कप्तान विन्दुले १४ बलमा ४ चौका प्रहार गरिन् । कृतिका मरासिनीले १२ औं ओभरको पहिलो बलमा रुबि पोदारलाई २८ रनमा क्याच गराइन् । उनले ३३ बलमा ४ चौका प्रहार गरिन् । रेवति धामी शून्यमा कृतिकाको बलमा एलबीडब्लू आउट भइन् ।

ललितपुरकी कृतिका मरासिनीले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिइन् । सोनी पाख्रिनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिइन् । कप्तान अस्मिना कर्माचार्यले ३ ओभरमा २० रन खर्चिन् । प्रतियोगितामा ५ टोली छन् ।

प्रधामन्त्री कपका चार सेमिफाइनल टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेशसँगै ललितपुर ११ छन् । ललितपुर ११ बाट प्रधानमन्त्री कपमा सेमिफाइनलमा नपुगेका प्रदेशका टोलीबाट टिम निर्माण गरिएको छ ।

दोस्रो खेलमा नेपाल एपिएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । शुक्रबार सुदूरले एपिएफसँग खेल्नेछ । ललितपुरले कोशी प्रदेशसँग खेल्न्ेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.