3 years ago
March 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई ५९ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश १९.४ ओभरमा ५८ रनमा अल आउट भयो । मधेशकी युवा ब्याटर साना प्रविनले ४५ बलमा २ चौकासहित सर्वाधिक २५ रन बनाइन् । अन्य कुनैपनि मधेशका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशका १० खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
तीव्र गतिकी बलर रेखा रावलले पहिलो ओभरको पाँचौं बलमा ओपनर अनुराधा चौधरीलाई शून्यमा बोल्ड गरिन् । सोनी खड्काले चौथो ओभरको दोस्रो बलमा एलिसा यादवलाई एक रनमा बोल्ड गरिन् । एक बलपछि प्रतिमा साह शून्यमा एलबीडब्लू आउट भइन् ।

चौथो विकेटका लागि साना र सीमा कुँवरले २६ रनको साझेदारी गरे । सीताराना मगरले सीमालाई २६ बलमा १ चौकासहित ८ रनमा बोल्ड गरिन् । साना इन्दु बर्माको बलमा बोल्ड भइन् ।
सरस्वीतकुमारी चौधरी ५ र रोजी कडारी एक रनमा आउट भइन् । एपिएफकी तीव्र गतिकी बलर सोनु खड्काले २.४ ओभरमा ९ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् ।
कप्तान सीताराना मगरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावल, नेरी थापा र इन्दु बर्माले एक एक विकेट लिए ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]