default_image

1 year ago

March 28, 2023

ओडिआई मान्यतापछि नेपालको उपलब्धि के ?

भुपेन्द्र जि.सी,काठमाडौं नेपालले सन् २०१८ मार्च १५ मा जिम्बावेमा सम्पन्न आइसिसी ग्लोबल विश्वकप छनोटमा पपुवा न्युगिनीलाई हराउँदै पहिलो पटक ओडिआई मान्यता प्राप्त गरेको थियो । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत २०२३ मार्च १२ मा युएईलाई १ सय ७७ रनले हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउन सफल भयो । आइसिसी विश्वकप […]

244 views

0 Bookmark

भुपेन्द्र जि.सी,काठमाडौं

नेपालले सन् २०१८ मार्च १५ मा जिम्बावेमा सम्पन्न आइसिसी ग्लोबल विश्वकप छनोटमा पपुवा न्युगिनीलाई हराउँदै पहिलो पटक ओडिआई मान्यता प्राप्त गरेको थियो । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत २०२३ मार्च १२ मा युएईलाई १ सय ७७ रनले हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउन सफल भयो ।

आइसिसी विश्वकप लिग-२ मा पछिल्ला १२ मध्य ११ खेल जितेपछि नेपालले सोझै ओडिआई मान्यता जोगाउनुको साथै विश्वकप छनोटमा अविश्वसनीय रुपमा स्थान बनायो । ओडिआई मान्यता प्राप्त गरेको नेपालले चार वर्ष भन्दा बढी भएको छ । नेपालले कुल ४९ ओडिआई खेल्दा २६ मा जित, २१ मा हार, एक नतिजा बिहीन र एक टाई छ ।

चार वर्षमा ६ प्रशिक्षक र चार कप्तानले ओडिआईमा नेपालको नेतृत्व गरेका छन् । नेपालले ओडिआई मान्यता प्राप्त गरेपनि त्यसलाई जति सदुपयोग गर्नुपर्ने हो त्यति गर्न सकेन । नेपाली क्रिकेटमा सम्भावना अथाह छ । सम्भावनाको चर्चा भन्दा माथि उठ्न सकेको छैन ।

ओडिआई मान्यतापछिका उपलब्धी

ओडिआई मान्यतापछि खेलाडीको तलब बढेको छ । पहिला मासिक १०, २० र ३० हजार प्राप्त गर्ने खेलाडीले अहिले ४०, ५० र ६० हजार प्राप्त गर्दछन् । खेलाडीको आर्थिक अवस्था राम्रो बन्दै गएको छ । ओडिआई मान्यतापछि टोलीमा नियमित पर्ने नेपाली खेलाडीले राम्रो पैसा कमाउन थालेका छन् ।

ओडिआई मान्यता पाउनुअघि नेपालले कम अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल खेल्न पाउँथ्यो । तर ओडिआई मान्यतापछि खेलाडी लगातार अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुँदै आएका छन् । विस्तारै विश्व क्रिकेटमा नेपालको स्तर फेरिदै गएको छ । पहिला एसोसिएट शीर्ष टोलीसँग संघर्ष गर्ने नेपालले पछिल्लो समय सानदार प्रदर्शनका साथ जित निकाल्न थालेको छ ।

एसोसिएटमा आफुलाई शीर्ष टोलीमा उभाएको छ । विश्वले हेर्ने नजरमा विस्तारै परिवर्तन गर्दैछ । ओडिआई मान्यतापछि नेपालले ब्याटिङमा सुधार गरेको छ । आइसिसीले क्यानलाई दिने अनुदान बढाएको छ ।

आइसिसीबाट क्यानले झण्डै वार्षिक १३ करोड वार्षिक अनुदान पाउँछ । क्यानले महँगो मूल्यमा उच्च स्तरिय प्रशिक्षक ल्याउन सफल भएको छ । क्यानका कर्माचारीले काम गर्न नसके तलब राम्रो पाउँदै आएका छन् ।

अधुरै टेस्ट टोलीसँग सिरिज खेल्ने सपना

नेपालले ओडिआई मान्यतापछि ठूला टोलीसँग सिरिज खेल्नुपर्ने थियो । किनभने अब नेपालको सपना एकदिवसीय विश्वकप हुँदै टेस्ट मान्यता प्राप्त हो । त्यसको लागि कम्तिमा ८–१० वर्ष लाग्छ । ठूला टोलीसँगको खेलले नै त्यो स्तरमा पुग्न के गर्नुपर्छ बढी थाहा हुन्छ ।

नेपालले लिग २ लाई छाड्दा बाँकी नेपालले १३ खेल मात्रै खेलेको छ । १३ मध्य ६ खेल नेपालले क्यान आउनु अघि नै नेदरल्यान्ड्ससँग दुई र युएईसँग चार गरि खेल खेलेको थियो । क्यान आएपछि नेपालले पपुवा न्युगिनीसँग दुई दुई गरि चार र युएईसँग तीन गरि कुल ७ खेलको ओडिआई खेल खेलेको छ ।

नेपालले ओडिआई मान्यतापछि कम्तिमा जिम्बावे, आयरल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, अफगानिस्तान जस्ता बलिया देशसँग सिरिज खेल्ने अपेक्षा गरिएको थियो ।

नेपालको छिमेकी राष्ट्र भारत र पाकिस्तान विश्व क्रिकेटकै शक्तिशाली टोली हुन् । कम्तिमा यी देशको ए र बी टोलीसँग सिरिज खेल्नु पर्दथ्यो । नेपाल लिग २ मै निर्भर रह्यो । ठूला टोलीसँग सिरिज खेल्न सकेन ।

नेपालसँगकै युएई, ओमान, स्कटल्यान्ड लगायतका देशले ठूला टोलीसँग खेल्दै आएका छन् । टेस्ट टोलीको रुपमा गतवर्ष नेपालले जिम्बावे ए सँग घरेलु मैदानमा सिरिज खेलेको थियो । यो काम क्रिकेट म्यानेजरको हो । यस पक्षमा भने नेपालका पूर्व कप्तान समेत रहेका विनोद दासले बढी आलोचना खेप्दै आएका छन् ।

संरचना पनि छैन सुधार

भौतिक संरचनामा लगानी र अवस्था दयनीय छ । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियुको अवस्था उस्तै छ । ओडिआई मान्यतापछि टियुको पिच ब्याटिङ सहयोगी बनेको छ । मुलपानीको अवस्था उस्तैछ । मुलपानी राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य देखिदैन । स्तरहिन पिचमा राष्ट्रिय प्रतियोगिता र छनोट खेल्नुपर्ने बाध्यता छ । तर एसीसी प्रिमियर कपको अवसरमा क्यानले मुलपानी मैदानको स्तरोन्नति गर्ने प्रयास गरिरहेको छ ।

कम्तिमा ओडिआई मान्यतापछि देशका प्रमुख मैदानको पिच र आउटफिल्डमा सुधार हुनुपर्ने थियो । क्यानले आफ्नो आर्थिक क्षमताले पूरा गर्न सक्दैन थियो होला । सरकार र निजी क्षेत्रसँग समन्वय गरेर भौतिक संरचनामा काम गर्नुपर्ने थियो । एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न कम्तिमा दुई मैदान चाहिन्छ ।

टियु बाहेक अन्य मैदानमा खेल्न योग्न नै मानिदैन । टियुमा दर्शक बस्ने ठाउँमा कुनै सेवा सुविधा थपिएको छैन । दर्शकको लागि एउटा राम्रो शौचालय छैन । फ्लड लाइटमा खेल्ने सपना पूरा हुन सकेको छैन ।

मैदानमा पानी पर्दा सुकाउने आधुनिक मेसिन छैन । एक दिन पानी पर्दा अरु दुई दिन खेल हुँदैन । आधुनिक स्कोर बोर्ड छैन । आधुनिक घाँस काट्ने मेसिन छैन । मैदान र साम्रगी दशक अघिकै छन् । क्यानले छिट्टै यो सामाग्री ल्याउने प्रक्रिया चालेको बुझिएको छ ।

खोई नेपाल ए टोली ?

कुनैपनि देशको लागि नेपाल ए र बी टिम महत्वपूर्ण हुन्छन् । विश्व क्रिकेटमा सिनियर टोलीसँगै ए र बी टोलीलाई ब्यस्त राख्दै आएका छन् । जसले सिनियर टोलीमा कुनै खेलाडी घाइते वा खेल्न नसकेमा ए को टोलीबाट लिन सहज हुन्छ । नेपालमा त ए टोली एउटा सपनाको रुपमा सिमित छ ।

चर्चामा सिमित नेशलन क्रिकेट एकेडेमी

ओडिआई मान्यतापछि क्यानले नेशनल क्रिकेट एकेडेमी (एनसिएन) सञ्चालन गर्ने अनुमान गरिएको थियो । जुन क्रिकेट विकासमा अनिवार्य छ । २०१३ मा पुबुदु दासानायिकेले सञ्चालन गरेको एनसिए केहि समय सञ्चालपछि बन्द भएको थियो ।

एनसिए कुनै खेलाडी टोलीबाट बाहिर रहेपछि पूनरागमन गर्न, घाइते भएपछि, युवा खेलाडीको लागि प्रशिक्षण, नयाँ खेलाडी उत्पादन, ब्याकअप तयार, परामर्श प्रदान लगायत हरेक कुराले आवश्यक पर्दछ । देशभरबाट सम्भावना बोकेका युवा खेलाडीलाई एनसिएमा लिएर तयार पार्नुपर्ने थियो ।

ओडिआई मान्यतापछि पनि नेपालले एनसिए बनाउन सकेन । क्यानले एनसिएको लागि कार्यवाहक दुर्गाराज पाठकको संयोजकमा सिमित निर्माण गरेपनि काम भने शून्य छ ।

बढेनन् घरेलु प्रतियोगिता

बिडम्बना भनौ वा लाज । ओडिआई मान्यता प्राप्त नेपालको घरेलु राष्ट्रिय प्रतियोगिता एक मात्रै छ । प्रधानमन्त्री कप ओडिआई मान्यता अघि देखिनै सञ्चालन हुँदै आएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक अनुदानमा हुने उक्त एकदिवसीय राष्ट्रिय प्रतियोगिता १० टोलीमा दुई समूहमा विभाजना गरिन्छ ।

मुश्किलले दुई हप्ता चल्ने प्रतियोगितामा राष्ट्रिय टिममा पर्न तीन चार खेलमा प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यसमा पनि दुई खेल मुलपानी र दुई टियुमा खेल्नुपर्ने हुन्छ । मुलपानीमा पिचका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिँदैन । टियुमा दुई खेलमा राम्रो गर्न नसके एक वर्ष टोलीबाट बाहिर हुनुपर्छ । कुनैपनि टोलीका खेलाडीलाई दुई खेल त मैदानको कन्डिसन र विपक्षी खेलाडी बुझ्न समय लाग्छ ।

ओडिआई मान्यतापछि कम्तिमा प्रधानमन्त्री कप लिगमा हुनुपर्ने थियो । क्यानले प्रधानमन्त्री कप बाहेक अन्य दुई तीन राष्ट्रिय प्रतियोगिता गर्न सक्नुपर्दथ्यो । सिनियर मात्रै होईन घरेलु प्रतियोगिता खेल्ने खेलाडीलाई पनि ब्यस्त राख्न सक्नुपर्छ । सिनियर टोलीले निरन्तर खेलि घरेलु खेल्ने खेलाडीलाई खेल नै छैन ।

क्यानले टि२०, एकदिवसीय र प्रथम श्रेणी गरि तीन राष्ट्रिय प्रतियोगिता अपेक्षा गरिएको थियो । टेस्टको सपना राखेको छ । तर प्रथम श्रेणी घरेलु क्रिकेट नै छैन । अहिले एउटा खेल राम्रो नखेल्दा एक वर्ष बाहिर हुनुपर्छ । खेलाडीले घरेलु क्रिकेटमा खेल नै पाउन सकेका छैनन् । जसले प्रदर्शन राम्रो हुन सकेको छैन । क्यानले कम्तिमा पनि ओडिआई मान्यतापछि तीन चार वटा राष्ट्रिय प्रतियोगिता गर्न सक्नुपर्दथ्यो ।

सिनियर टोलीमा नियमित पर्ने खेलाडी बाहेक अन्य खेलाडीलाई नेपालमा पैसा छैन । घरेलु क्रिकेट खेलेको बाँच्ने आधार त धेरै टाढाको कुरा हो । क्रिकेट खेल्न आवश्यक पर्ने ब्याट, बल लगायतका सामग्री किन्न सक्ने अवस्था छैन । ओडिआई मान्यतापछि घरेलु क्रिकेट खेलेर आफ्नो सामग्री किन्नसक्ने अवस्था बन्नुपर्ने थियो ।

छैन टोलीमा फर्किने बाटो

कुनैपनि खेलाडी सिनियर टोलीमा प्रदर्शन गर्न सक्दैन भने त्यो बाहिर हुनुपर्छ । सिनियर टोलीबाट बाहिर भएपछि खेलाडीले मिहिनेत गर्दै प्रदर्शनमा सुधार गर्छ भने फर्किने आधार पनि हुनुपर्छ । तर नेपालमा एक पटक टोलीबाट बाहिरिएपछि पूनरागमन गर्ने आधार छैन ।

झण्डै एक वर्ष राष्ट्रिय प्रतियोगितामा पर्खनु पर्ने बाध्यता छ । यो वर्तमान नेपाली क्रिकेटमा यो ठूलो समस्या हो । प्रधानमन्त्री कप वर्षमा एक पटक भएपनि कहिले हुने टुङ्गो छैन । एनसिए छैन । घरेलु प्रतियोगिता छैन । पूनरागमन गर्ने आधार पनि छैन । यसले गर्दा टोली निर्माणमा ठूलो असर पर्दै आएको छ ।

ग्रासरुटमा लगानी शून्य

कुनैपनि देशको खेल विकास गर्ने जग नै ग्रासरुट हो । तर नेपालको ग्रासरुटको अवस्था निकै दयनीय छ । शहरमा एकेडेमीमा निर्भर हुनुपर्ने अवस्था छ । जिल्ला र प्रदेश छनोटमा एकेडेमी हाबी हुँदै आएका छन् । खेलाडी छनोटमा राजनीति कुनै नौलो र लाजको विषय होईन ।

उमेर समूहको क्रिकेट जिल्ला र प्रदेशमा लोप हुने अवस्थामा छ । वाई वाई यू१९ राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । खेलाडी उत्पादन हुने स्कुल क्रिकेट जिल्ला र प्रदेशले गर्न सकेका छैनन् । क्लब क्रिकेटको संस्कार पनि रुपन्देही जिल्लालाई छाड्दा अन्यमा छैन । ग्रास रुट क्रिकेटमा कुनैपनि विकाश गर्न सकेन ।

ओडिआई मान्यतापछि क्लब र स्कुल क्रिकेटसँग सहकार्य गरेर उमेर समूहका लगातार प्रतियोगिता गर्नुपर्ने थियो । राष्ट्रिय प्रतियोगिता उमेर समूह जिल्लाले ट्यालेन्ट हन्टबाट एकेडेमीमा गर्दै आएका छन् । जबकी गाउँ टोली, क्लब हुँदै प्रतियोगिता हुनु पर्दथ्यो ।

विशेष विदेश प्रशिक्षण कसले सोच्ने ?

नेपालमा प्रतिभाको कुनै कमी छैन । तर त्यो प्रतिभालाई निखार ल्याउन विदेशमा प्रशिक्षण अति आवश्यक हुन्छ । विश्वका महान क्रिकेटरले एकेडेमी चलाएका छन् । जहाँ क्यानले समन्वय गरि सम्भावना बोकेका खेलाडीलाई केहि समय विशेष प्रशिक्षणमा पठाउन सक्नुपर्दथ्यो ।

उदाहरणलाई अर्जुन कुमाल नेपालका ब्याटिङका भविष्य हुन् । उनलाई राम्रो विदेशको एकेडेमीमा अभ्यास गराउने हो भने आगमी दिनमा नेपालका एक सफल ब्याटर बन्न सक्छन् । क्यानले अर्जुन जस्ता सम्भावना बोकेका ब्याटर, बलर र अलराउन्डरलाई विशेष प्रशिक्षणको लागि विदेश पठाउन सक्नुपर्ने थियो । तर यस विषयमा क्यानमा कसैको ध्यान गएको देखिदैन ।

प्रायोजकको कमी

कुनैपनि संघ आर्थिक रुपमा बलियो हुने प्रमुख आधार नै प्रायोजन हो । नेपालमा क्रिकेटको राम्रो बजार छ । विशेषगरि नेपाली समर्थकको लोकप्रियता धेरैछ । क्यानका कर्माचारीमा मार्केटिङ गर्ने क्षमता हुने हो भने ठूला निजी क्षेत्रबाट करोडौं प्रायोजन भित्र्याउन सक्छ । सिनियर टोली व्यस्त छ । यस्तो अवस्थामा नेपालका ठूला निजी क्षेत्र प्रायोजनको रुपमा भित्र्याउनु पर्ने थियो ।

तर क्यानको अधिकांश गतिविधि आइसिसीको अनुदानमा निर्भर रहँदै आएको छ । क्यानले त्यसको लागि जनरल म्यानेजरलाई महँगो तलबमा राखेको छ । यसअघिका जनरल म्यानेजार रौनक मल्लले पनि कुनै प्रायोजन ल्याउन सकेनन् । क्रिकेट क्षेत्रकै रहेकाले उनले क्रिकेट विकासमा भने केहि पहल गर्न खोजेका थिए । तर उनको कार्यकालमा पूर्णविराम लाग्यो ।

हालका जनरल म्यानेजर वृतान्त खनालको हालत पनि उस्तै छ । नियुक्तीको एक वर्ष हुँदासम्म उनले त्यस्तो कुनै काम गर्न सकेका छैनन् । नेपाल टि२० विवादमा थप मुछिएका उनी सार्वजनिक रुपमा गैर जिम्मेवार अभिव्यक्ति दिंदा आलोचनाको पात्र बनेका छन् । नियुक्ति हुँदा क्रिकेटबारे नै थाहा नभएका उनलाई कांग्रेस निकट नेताको सिफारिसमा नियुक्ति दिइएको चर्चा क्यानमा चल्दै आएको छ । उनको कार्यशैली हेर्दा सेवा अवधि लामो समय नजाने सम्भावना छ ।

खुबी हुने हो भने अहिले पनि करोडौं प्रायोजना ल्याउन सकिन्छ । पूर्वकप्तान पारस खड्काले आफ्नो एकडेमी क्रिकेट एक्सिलेन्स सेन्टर (सिईसी) मा छोटो समयमै राम्रो प्रायोजन भित्र्याएका छन् । नेपालकै पुरानो मध्यको एकेडेमी ग्रेट हिमालय क्रिकेट एकेडेमीले पनि वाईवाईसँग लामो सहकार्य गरेको छ । तर संघ आफैं भने त्यसमा खरो उत्रन सकेको छैन ।

ओडिआई मान्यता निरन्तरता पछि नेपाली क्रिकेटको चौतफी प्रसंशा भएको छ । खेलाडीलाई बधाई र सम्मानको ओइरो छ । क्यानले पनि प्रसंशा पाउन थालेको छ । क्यानले केहि काम गर्दै नगरेको होईन । तर जति गर्नुपर्ने र सक्ने हो त्यो चाहिँ गरेको छैन ।

अव कम्तिमा आगमी चार वर्षमा नेपालले ओडिआईको धेरै सदुपयोग गर्नुपर्छ । नयाँ टिम, काम गर्ने वातावरण नपाएको र कोरोना लायत काम गर्न नसकेपछि बाहना नै बाहना छन् । तर अब पनि बाहना बनाएर उम्किने छुट कसैलाई छैन । काम गर्न नसक्ने कर्माचारी र पदाधिकारीले नैतिकताको आधारमा छाड्नुपर्छ । खेलाडी खेलेर मात्रै होईन नेपाली क्रिकेट विकास गर्न सम्बन्धित सबै निकायले आफ्नो तर्फबाट निस्वार्थ भनेर काम पनि गर्नुपर्छ ।

आगमी चार वर्षपछि ओडिआई मान्यता होईन विश्वकपमा दाबेदारी प्रस्तुत गर्न सक्नुपर्छ । त्यसको लागि युद्धस्तरमा काम गर्न बाहेक अन्य विकल्प देखिदैन । अव नेपाली क्रिकेटमा कुनैपनि बाहना चल्नु हुँदैन । देशका लागि खेलाडी दिनरात मिहिनेत गर्न तयार छन् भने क्यान पदाधिकरी र कर्माचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्नसक्नुपर्छ । अनि मात्रै ओडिआई मान्यताको नेपालले लाभ लिनसक्छ ।

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.