3 years ago
March 24, 2023
एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने एकदिवसीय एसिया कप पाकिस्तानमै हुने उच्च सम्भावना रहेको छ । आयोजनाको अधिकार पाकिस्तानले पाएपनि भारत नजाने भएपछि एसिया कप स्थगित हुने चर्चा चल्दै आएको थियो । तर एसीसी अडानसँगै एसिया कप सेप्टेम्बर पहिलो साता पाकिस्तानमै हुने उच्च सम्भावना छ।

यसअघिको अवस्थाजस्तै भारत पाकिस्तान नजाने पक्का छ । त्यसैले भारत खेल्ने बाहेकका खेल पाकिस्तानमा गर्ने तयारी गरिएको छ । समूह ए मा भारत, पाकिस्तान र एसिसी प्रिमियर कप विजेता टोली हुनेछन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
भारतको खेल भने तटस्थ भूमिमा हुनेछ । तटस्थ भूमिको रुपमा युएई, ओमान, श्रीलंका र इंग्ल्यान्ड मध्य एक देशको सम्भावना छ । भारतले तटस्थ भूमिमा खेल्दा अन्य खेल पाकिस्तानमै गर्ने तयारी गरिएको छ। समूह चरण हुँदै सुपर खेलबाट फाइनल निर्धारण हुनेछ । १३ दिन सम्म चल्ने प्रतियोगितामा भारत र पाकिस्तान तीन पटक भिड्ने सम्भावना छ।
समूह चरण र सुपर फोरमा पाकिस्तान र भारतबीचको प्रतिस्पर्धा पक्का छ । फाइनलमा पनि यी दुई टोलीको सम्भावना उच्च छ । त्यसैले एकै प्रतियोगितामा भारत र पाकिस्तान तीन पटकसम्म भिड्ने सम्भावना छ । भारतले एसिया कपमा खेल्ने सबै खेल भने तटस्थ भूमिमा हुने तयारी गरिएको छ ।
पाकिस्तान बाहिर मौसम, प्रत्यक्ष प्रसारण र आवतजावतको समस्या हुने देखिएको छ । सेप्टेम्बरमा युएईमा ४० डिग्री सेल्सियस तापक्रम हुनेछ । २०२१ को आइपिएल कोरोनाको कारण सेप्टेम्बर अन्तिममा युएईमा भएको थियो । टि२० विश्वकपको पहिलो चरणका केहि खेल २०२१ सेप्टेम्बरमा ओमानमा पनि भएको थियो ।

गत वर्ष अक्टोबरमा बिसिसिआईका सचिव जय शायले भारत पाकिस्तान भ्रमण नगर्ने हुँदा एसिया कप तटस्थ भूमिमा गर्ने जनाएका थिए । त्यसपछि बिसिसिआई र पाकिस्तान क्रिकेट बोर्डबीच एसिया कपलाई लिएर विवाद उत्पन्न भएको थियो । पाकिस्तानले भने आफ्नो अधिकार हुँदा पाकिस्तानमै गर्ने भारतलाई जवाफ फर्काएको थियो ।
२०१८ को एसिया कप तटस्थ भूमि युएईमा भएको थियो । भारतले आन्तरिक राजनीतिको कारण पाकिस्तान भ्रमण नगर्ने बताउँदै आएको छ । पछिल्लो समय भारत र पाकिस्तानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन हुँदै आएको छ । २०२१ को टि२० विश्वकपमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको थियो ।
टि२० एसिया कप २०२२ अगष्टमा समूह चरणमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । सुपर फोरमा भारतलाई पाँच विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको थियो । गत टि२० विश्वकपमा भारतले पाकिस्तानलाई ४ विकेटले हराएको थियो ।

आन्तरिक राजनीतिको कारण भारत पाकिस्तानले एसिसी र आइसिसीको प्रतियोगिता मात्रै खेल्दै आएका छन् । पछिल्लो पटक पाकिस्तानले २०१६ को टि२० विश्वकपमा भारत भ्रमण गरेको थियो । भारतले अन्तिम पटक पाकिस्तानमा २००५/६ मा पाँच ओडिआई र तीन टेस्ट खेलको सिरिजको लागि भ्रमण गरेको थियो । २०१३ पछि यी दुई टोलीले सिरिज खेलेका छैनन् ।
नेपाललाई पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर छ । अर्को महिना घरेलु मैदान टियु र मुलपानीमा हुनेछ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् । यसअघि नेपाल, युएई र कुवेत एकै समूहमा थिए । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म हुनेछ । सेमिफाइनल हुँदै फाइनलमा उपाधि जित्न सके नेपालले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । एसिया कप विश्वकप अघि एसिया टोलीलाई तयारीको रुपमा रहँदै आएको छ । विश्वकप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुँदैछ । उक्त विश्वकपमा भने पाकिस्तान भारत भ्रमण गर्ने जनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]