default_image

3 years ago

March 25, 2023

ऋतुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको सहज जित

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी खेलाडी ऋतु कनोजियाको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा मधेश प्रदेशलाई ७ विकेटले हराएको छ । दोस्रो जितका साथ सुदूरपश्चिम अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि ६६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा ऋतु कनोजिया २७ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । रुबी पोदार ११ बलमा २ चौकासहित १४ रनमा अविजित रहिन् ।

ओपनर कविता कुँवर एक रनमा क्याच आउट भइन् । सम्झना खड्का ९ र विन्दु रावल १० रनमा आउट भए । मधेशका सरस्वती कुमारी चौधरी, सन्तोषी चौधरी र अनुराधा चौधरीले एक एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको रोजेको मधेश १९ ओभरमा ६५ रनमा अल आउट भयो । मधेशकी एलिसा यादव २३ बलमा ३ चौकासहित १५ रनमा आउट भइन् । सरस्वती कुमारी चौधरी २१ बलमा २ चौकासहित १५ रनमा आउट भइन् ।

मधेशका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर सीमा कुँवर १, साना प्रविन ९, प्रतिमा साह २, अनुराधा चौधरी १, रोजी कडारी ३, अमिरान निशा र कविता गौतमले ४–४ रन बनाइन् ।

सुदूरकी लक्ष्मी साउदले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । ऋतु कनोजियाले ४ ओभरमा २ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन् । सम्झना खड्काले १ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । कविता जोशी र इश्वरी विष्टले एक एक विकेट लिइन् ।

एपिएफ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । सुदूर ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मधेश दुबै खेलमा हारसहित पुछारमा छ । मधेशले सोमबार ललितपुर मेयर्स ११ सँग खेल्नेछ । सुदूरपश्चिम प्रदेशले सोमबार प्रदेश एकसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.