default_image

3 years ago

March 25, 2023

कोशीलाई हराउँदै एपिएफ लगातार तेस्रो पटक फाइनलमा

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्यिनसिप टि२० प्रतियोगितामा कोशी प्रदेशलाई ७ विकेटले हराउँदै लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको छ ।

जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ममता चौधरी २८ बलमा १ चौकासहित २१ रनमा अविजित रहिन् । रोमा थापा २२ बलमा १ चौकासहित ११ रनमा अविजित रहिन् ।

ओपनर तथा कप्तान सीताराना मगर २० बलमा ३ चौकासहित १९ रनमा आउट भइन् । इन्दु बर्मा २९ बलमा २ चौकासहित १८ रनमा बोल्ड आउट भइन् । उनी निशा साहको बलमा बोल्ड भएकी थिइन् । ज्योति पाण्डे १० बलमा २ चौकासहित ११ रनमा आउट भइन् ।

कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । एलिसा खडिया र निशा साहले एक एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । कोशीकी ओपनर काजोल श्रेष्ठले ४१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाइन् । तर जितको लागि पर्याप्त हुन सकेन ।

ओपनर काजोल र रुविना क्षेत्री बेलबासेले पहिलो विकेटका लागि ८.२ ओभरमा ३४ रनको साझेदारी गरेका थिए । रुविना सीताको लेग साइडको बलमा स्वीप खेल्ने धुनमा मिस हुँदा २४ रनमा बोल्ड आउट भइन् । रुविनाले ३४ बलमा ५ चौका प्रहार गरिन् । रुविना आउट भएपछि कोशी पुरै दबाबमा परेको थियो ।

दोस्रो विकेटका लागि काजोल र अप्सरी बेगमले ३१ रनको साझेदारी गरेका थिए । सीताले १७ औं ओभरको दोस्रो बलमा काजोललाई विकेटकिपर ज्योति पाण्डेले स्टम्पिङ आउट गरिन् । एक बलपछि सबन राइ शून्यमा बोल्ड भइन् ।

युवा ब्याटर स्मृति कटवाल ७ बलमा १ चौकासहित ८ रनमा रन आउट भइन् । अप्सरी बेगम ३६ बलमा २२ रनमा आउट भइन् । एपिएफको जितमा सीताले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । इन्दु बर्माले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् ।

एपिएफले पहिलो खेलमा मधेशलाई १० विकेट र दोस्रो खेलमा सुदूरपश्चिमलाई १५ रनले हराएको थियो । एपिएफ लगातार तेस्रो पटक फाइनलमा पुगेको हो । यस अघिको दुवै संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै एपिएफले उपाधि जितेको थियो ।

एपिएफले समूह चरणको अन्तिम खेल मंगलबार ललितपुर-११ सँग खेल्नेछ । कोशीले सोमबार सुदूरपश्चिमसँग खेल्नेछ । कोशी र सुदूरबीचको विजेताले फाइनल खेल्ने उच्च सम्भावना देखिन्छ ।

एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । कोशी प्रदेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । ललितपुर र मधेश समान दुई खेल खेल खेलेपनि जित विहीन हुँदै चौथो र पाँचौं स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.