default_image

3 years ago

March 25, 2023

प्लेयर अफ द म्याचमा कप्तान सीताको ह्याट्रिक

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी कप्तान सीताराना मगर ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी छिन् ।

एपिएफलाई लगातार तीन खेल जित दिलाउँदै एक खेल अगावै फाइनलमा पुर्याउन उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी सीताले प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी हुन् । शनिबार एपिएफले कोशीलाई ७ विकेटले हराउन सीताले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट बनाउनुको साथै २० बलमा ३ चौकासहित १९ रन बनाएकी थिइन् ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउन सीताले ५९ बलमा ७ चौकासहित ५२ रनमा अविजित रहनुको साथै ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिएकी थिइन् ।

त्यस्तै पहिलो खेलमा मधेश प्रदेशलाई १० विकेटले हराउन सीताले ७ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिनुको साथै ३६ बलमा ९ चौकासहित ४५ रनमा अविजित रहेकी थिइन् । तीनै खेलमा सीता प्लेयर अफ द म्याच चुनिन् । हरेक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीले ५ हजार प्राप्त गर्ने गर्दछन् ।

एपिएफले समूह चरणको अन्तिम खेल मंगलबार ललितपुर-११ सँग खेल्नेछ । कोशीले सोमबार सुदूरपश्चिमसँग खेल्नेछ । कोशी र सुदूरबीचको विजेताले फाइनल खेल्ने उच्च सम्भावना देखिन्छ । फाइनल बिहीबार हुनेछ ।

एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । कोशी प्रदेश २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । ललितपुर र मधेश समान दुई खेल खेल खेलेपनि जित विहीन हुँदै चौथो र पाँचौं स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.