default_image

3 years ago

March 25, 2023

बेयरस्टोले आइपिएल पनि गुमाउने

260 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा पन्जाब किंग्सका ब्याटर जोनी बेयरस्टोले अर्को सातादेखि सुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । बेयरस्टो गतवर्ष गल्फ गल्नेक्रममा खुट्टाको लागेको चोटलाई ठिक हुन नखेल्ने निर्णय लिएका छन् ।

बेयरस्टोले गुमाउने भएपछि पन्जाब किंग्सले अष्ट्रेलियन ब्याटर म्याट शर्टलाई टोलीमा उनको स्थानमा लिएको छ । शर्ट राम्रो लयमा छन् । बिग ब्यास लिग र घरेलु क्रिकेटमा शर्टले सानदार प्रदर्शन गरेका थिए । उनले यस सिजनको बिग ब्यासमा एडिलेड स्ट्राइकर्सबाट १४ खेलमा १ शतकसहित ४ सय ५८ रन बनाएका थिए ।

गत सेप्टेम्बरमा साथीसँग गल्फ खेल्नेक्रममा लड्न पुग्दा बेयरस्टोको बायाँ खुट्टामा चोट लाग्न पुगेको थियो । उत्कृष्ट लयमा रहेका बेयरस्टोले टि२० विश्वकप गुमाएका थिए । इंग्ल्यान्डले फाइनलमा पाकिस्तानलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।
शर्ट अफस्पिनर समेत हुन् ।

गत जनवरीमा बिग ब्यासमा होबार्ट हरिकेन्सले दिएको २ सय ३० रनको विशाल लक्ष्य १९.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेल जिताउन एडिलेडका कप्तान म्याट शर्टले ५९ बलमा ८ चौका र ३ छक्कासहित १ सय रनको अविजित इनिङ खेलेका थिए ।

पन्जाबले अक्सनमा इंग्ल्यान्डका युवा अलराउन्डर साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको उच्च मूल्य हो ।

पन्जाबले आइपिएलमा साम करन, लियाम लिभिङस्टोन र कागिसो रबाडालाई पहिलो रोजाईमा खेलाउने पक्काछ । चौथो विदेशी खेलाडीको रुपमा नाथन एलिस, सिकन्दर राजा, भानुका राजपक्षे र म्याट शर्ट मध्य एकलाई मौका दिनेछ ।

पन्जाबमा भारतीय खेलाडी शिखर धवनले कप्तानी गर्नेछन् । भारतीय खेलाडीको रुपमा शाहरुख खान, शिखर धवन र अर्शदीप सिंह लगायतका खेलाडीहरु छन् । आइपिएल शुक्रबार देखि सुरु हुनेछ । पन्जाबले पहिलो खेल शनिबार माहोलीमा कोलकता नाइट राइडर्ससँग खेल्दै सुरुवात गर्नेछ ।

पन्जाब किंग्सको टोली :

साम करन, लियाम लिभिङस्टोन, कागिसो रबाडा, शाहरुख खान, शिखर धवन, म्याट शर्ट, राहुल चाहर, अर्शदीपसिंह, हरप्रीत ब्रार,राज अंगद बाबा, नाथन एलिस, प्रभसिमरन सिंह, ऋषी धवन, सिकन्दर राजा, भानुका राजपक्षे, हरप्रीत भाटिया, अथर्व तायडे, मोहित राथे, शिवम सिंह, बालजित सिंह, जितेश शर्मा र विद्धत कावेरप्पा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.