3 years ago
March 27, 2023
एजेन्सी – क्यानडाले आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीलाई ३१ रनले हराउँदै विजयी सुरुवात गरेकोछ । जितको लागि २ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको जर्सी ४७.५ ओभरमा २ सय ७ रनमा अल आउट भयो ।

जर्सीका जोश लरेन्सनले १ सय १ बलमा ४ चौकासहित सर्वाधिक ६६ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । निकोलस ग्रीनवुडले ७० बलमा ५ चौका र २ छक्कासहित ५९ रन बनाए । एक समय ३४.५ ओभरमा १६३–३ को अवस्थामा रहेपनि मध्यक्रम र तल्लोक्रमका ब्याटर नचल्दा जर्सी पराजित हुन पुगेको छ । जर्सीले ओडिआईमा पहिलो पटक यसै खेलबाट डेब्यू गरेको छ । आइसिसीले प्लेअफका सबै खेललाई ओडिआई मान्यता दिएपछि जर्सीले डेब्यू गरेको हो ।
क्यानडाका कप्तान साद बिन जाफरले १० ओभरमा ५१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै जेरेमी गोर्डनले ८.५ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । निखिल दत्तले ९ ओभरमा १ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए ।
त्यसअघि युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडालो निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । क्यानडा ओडिआईमा २०१४ पछि फर्किएको हो । क्यानडाका विकेटकिपर विजयरत्ने श्रीमन्थाले ९१ बलमा ८ चौकासहित सर्वाधिक ६३ रन बनाए ।

निखिल दत्त ८२ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनमा आउट भए । ओपनर आरोन जोनसन ४ र पर्गत सिंह ११ रनमा आउट भए । हर्ष थकेर ४७ बलमा १ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।
जर्सीका चाल्र्स पेर्चर्ड १० ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । बेन्जामेन वार्डले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर २ विकेट लिए । जुलिस सुमिराउरले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जर्सीले दोस्रो खेल बिहीबार नामिबियासँग खेल्नेछ । क्यानडाले बुधबार अमेरिकासँग खेल्नेछ ।
प्रतियोगितामा जर्सी, क्यानडा, अमेरिका, युएई, पपुवा न्युनिगी र नामिबिया छन् । हरेक टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
अमेरिका र नामिबियाले लिग २ बाटनै ओडिआई जोगाई सकेका छन् । यदि क्यानडाले पपुवा न्युगिनी र युएईलाई पछि पारे ओडिआई मान्यता प्राप्त गर्नेछ । ओडिआई मान्यताको लागि जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनीबीचको खेलको नतिजा मात्रै मान्यता हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]