default_image

3 years ago

March 27, 2023

नाटकीय पूनरागमनसँगै युएईले पपुवा न्युगिनीलाई हरायो

247 views

0 Bookmark

एजेन्सी – युएईले आइसिसी विश्वकप क्वालिफायर प्लेअफ पपुवा न्युगिनीमाथि २१ रनको महत्वपूर्ण जित हात पारेको छ । पपुवा न्युगिनीमाथि जितको साथ युएईले ओडिआई मान्यता सम्भावना मजबुत बनाएकोछ ।

जितको लागि २ सय ६१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४८.३ ओभरमा २ सय ३९ रनमा अल आउट भयो । पपुवा न्युगिनीका ओपनर किप्लिङ डोरिगाले ७१ बलमा ७ चौका र ४ छक्कासहित ७३ रनको उत्कृष्ट इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । अर्का ओपनर टोनी उराले ५६ बलमा ६ चौका र १ छक्कासहित ५६ रन जोडेपनि मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा पराजित भयो ।

पपुवा न्युगिनीलाई ओपनर किप्लिङ डोरिगा र टोनी उराले पहिलो विकेटका लागि २०.३ ओभरमा १ सय ४६ रनको सानदार शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तर मध्यक्रम र तल्लोक्रम चल्न नसक्दा नाटकीय रुपमा पराजित भयो ।

डोरिगा स्पिनर कार्तिक मयाप्पनको बलमा कट एण्ड बोल्ड आउट भएपछि उक्त साझेदारी तोडिएको थियो । त्यसपछि अन्य ब्याटरले राम्रो गर्न सकेनन् । बाँकी १७ रन जोड्न प्रमुख ४ विकेट गुमाएपछि २५.३ ओभरमा १६३-५ को अवस्थामा पुगेको थियो । सेसे बाउ ७, असद भाला १, चाल्स अमिनी १५ र नर्मन भानुवा शून्यमा आउट भए । गौडी टोका २० र राइली हेकुरे ११ रनमा आउट भए ।

युएईका कार्तिक मयाप्पनले ८ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । जहुर खानले ८.४ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले १० ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिए । आयन र जुनैद सिद्दिकले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६० रन बनाएको थियो । युएईको जितमा अलराउन्डर आयन खानले ९४ बलमा ९ चौका र ३ छक्कासहित ९४ रनको सानदार अविजित इनिङ खेले । आयनको यो कुनैपनि अन्तर्राष्ट्रिय खेलको उत्कृष्ट प्रदर्शन हो ।

कप्तान मोहम्मद वासिमले १ सय ६ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको योगदान दिए । सेमा कमियाको बलमा टोनी उराबाट वासिम क्याच आउट भएपछि ओडिआई करिअरको दोस्रो शतक पूरा गर्न चार रनले चुकेका थिए । एक समय २०.४ ओभरमा ८९-५ को दयनीय अवस्थामा पुगेको युएईलाई छैटौं विकेटका लागि आयन र वासिमले ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

आयन खानले २१ औं ओभरको अन्तिम बलमा सेमा कमियाले उनले खेलको दोस्रो बलमै शून्यमा क्याच छाडेका थिए । आयन खानले १५ रनमा जीवनदान पाएका थिए । राइली हेकुरेको २८ औं ओभरको तेस्रो बलमा पनि जीवनदान पाएका थिए ।

आयन लाक्रा ६ रनमा एलबीडब्लू, वृत्य अरविन्द गोल्डेन डक, रमिज शाहजाद ८ र आसिफ खान ६ रनमा आउट भए । सातौं विकेटका लागि आयन खान र कार्तिक मयाप्पनले ९० रनको सानदार साझेदारी गरे । कार्तिक ३६ बलमा १ चौकासहित २४ रनमा आउट भए ।

पपुवा न्युगिनीका चाद सोपरले १० ओभरमा २ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । सेमा कमियाले १० ओभरमा २ मेडनसहित ३८ रन खर्चेर २ विकेट लिए ।

प्रतियोगितामा जर्सी, क्यानडा, अमेरिका, युएई, पपुवा न्युनिगी र नामिबिया छन् । हरेक टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

युएई र पपुवा न्युगिनीले लिग-२ मा ओडिआई मान्यता अवसर गुमाएका छन् । ओडिआई मान्यता बचाउन युएई र पपुवा न्युगिनी दुबैले जर्सी र क्यानडालाई पछि पार्नुपर्ने हुन्छ । ओडिआई मान्यताको लागि जर्सी, क्यानडा, युएई र पपुवा न्युगिनीबीचको खेलको नतिजा मात्रै मान्यता हुनेछ । त्यसैले चार टोलीबीचको प्रतिस्पर्धा निकै महत्वपूर्ण हुनेछ । अमेरिका र नामिबियाले भने लिग-२ बाटनै ओडिआई जोगाई सकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.