3 years ago
March 27, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर नितिश राणाले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सुरुवाती समय कोलकाता नाइट राइडर्सको कप्तानी गर्ने भएका छन् । कप्तान श्रेयस ऐर ब्याक इन्जुरीको कारण सुरुवाती केहि खेलहरु गुमाउने भएपछि कोलकाताले नितिशलाई कप्तानको जिम्मेवारी दिएको छ ।

नितिश कार्यवाहक कप्तानको रुपमा रहने छन् । श्रेयस ऐरले आधा संस्करण गुमाउन सक्ने अनुमान गरिएको छ । सुनिल नारायण, नितिश र आन्द्रे रसेल कप्तानको दाबेदारको रुपमा थिए । नितिशले शैद मुश्ताक अली ट्रफीमा १२ खेलमा दिल्लीको कप्तानी गर्दा ८ मा जित र ४ मा हार ब्येहोरेका छन् ।
२९ वर्षीय मध्यक्रमका ब्याटर उनले भारतबाट एक ओडिआई र दुई टि२० आई खेल खेलेका छन् । राणाले ९१ आइपिएल खेलमा १५ अर्धशतकसहित कुल २ हजार १ सय ८१ रन बनाएका छन् । कोलकाताको ब्रेन्डन म्याकुलम मुख्य प्रशिक्षक र भरत अरुण बलिङ प्रशिक्षकको रुपमा छन् । आइपिएल शुक्रबार देखि सुरुहुनेछ ।
कोलकताले शनिबार पन्जाब किंग्ससँग खेल्दै सुरुवात गर्नेछ । कोलकता गतवर्ष आइपिएलमा १४ खेलमा ६ मा जित र ८ मा हारसहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको थियो ।
कोलकताको टोली :
आन्द्रे रसेल, श्रेयस ऐर, बरुणचक्रवर्ती, शार्दुल ठाकुर, लोकी फर्गुसन, नितिश राणा, वेंकटेश ऐर, सुनिल नारायण, उमेश यादव, टिम साउथी, सकिब अल हसन, डेविड विजा, नारायण जगदीशन, वैभव अरोरा, रिंकु सिंह, मन्दीप सिंह, लिटन दास, रहमानउल्लाह गुरबाज, अनुकुल रोय, कुलवान्त खेजरोलिया, हर्षहित राना र सुयश शर्मा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]