3 years ago
March 28, 2023
एजेन्सी – पाकिस्तानले अन्तिम तथा तेस्रो टि२० आई खेलमा अफगानिस्तानलाई ६६ रनले हराउँदै क्लिनस्वीपको हार व्येहोर्नबाट बचेको छ । सिरिज भने सुरुवाती दुई खेल जित्दै अफगानिस्तानले जितेको थियो ।

जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १८.४ ओभरमा १ सय १६ रनमा अल आउट भयो । अफगानिस्तानमा आजमतुल्लाह ओमरजाईले २० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २१ रन बनाए । रहमानउल्लाह गुरबाज १८, उस्मान घानी १५, मोहम्मद नाबी १७ र राशिद खान १६ रनमा आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर इहसनउल्लाहले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । शादब खानले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । इमाद वासिम, जमान खान र मोहम्मद वासिम जुनियरले एक एक विकेट लिए ।
त्यसअघि शाहजाहमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । पाकिस्तानका ओपनर सैम अयुबले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४९ रन बनाए ।
अब्दुल्लाह शफिक १३ बलमा १ चौका र २ छक्कासहित २३ रनमा आउट भए । इफ्तिखर अहमद २५ बलमा २ छक्कासहित २१ र इमाद वासिम १३ रनमा आउट भए । कप्तान शादब खानले १७ बलमा ५ चौकासहित २८ रन जोडे ।
अफगानिस्तानका मुजिब उर रहमानले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । फजलउहक फारुकी, मोहम्मद नाबी, फरिद अहमद, राशिद खान र करिम जन्नतले एक एक विकेट लिए । पाकिस्तानले आफ्ना प्रमुख खेलाडी बाबर आजम, मोहम्मद रिजवान, फखार जमान, शाहिन शाह अफ्रिदी, हरिस रौफ लगायतका खेलाडीलाई यस सिरिजमा भने विश्राम दिएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]