default_image

3 years ago

March 28, 2023

राजमति चल्दा ललितपुरलाई बलियो लक्ष्य

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमकी बायाँ हाते ब्याटर राजमति ऐरी चल्दा नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई १ सय ११ रन बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनायो ।

एपिएफकी राजमति ऐरी ५२ बलमा ४ चौकासहित ४१ रनमा अविजित रहिन् । मञ्जु मोकटी २ रनमा अविजित रहिन् । एक समय १०.४ ओभरमा ६०-५ को अवस्थामा पुगेको एपिएफलाई छैटौं विकेटको लागि बिनु बुढामगर र राजमति ऐरीले ४३ रनको साझेदारी गरेका थिए । बिनुले १६ बलमा १२ रन बनाइन् ।

ओपनर ज्योति पाण्डे ६, कप्तान सीताराना मगर १९ बलमा ३ चौकासहित १९, इन्दु बर्मा ७, रोमा थापा ४ र सरिता मगर ६ रनमा आउट भइन् ।

ललितपुरकी सीमाना केसीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । सृष्टी जैशीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । सोनी पाख्रिन र मनिषा उपाध्यायले एक एक विकेट लिइ्न् ।

एपिएफ सुरुवाती तीन खेल जित्दै फाइनलमा पुगि सकेको छ । ललितपुर सुरुवाती तीन हारका साथ फाइनल दौडबाट बाहिरि सकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.