default_image

3 years ago

March 28, 2023

एपिएफ अपराजित रहँदै फाइनलमा

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लब तेस्रो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई ३७ रनले हराउँदै फाइनलमा पुगेको छ । राजमति ऐरीको अलराउन्ड प्रदर्शनमा एपिएफ अपराजित रहँदै फाइनलमा पुगेको हो ।

जितको लागि १ सय ११ रनको बलियो विजयी लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७३ रन बनायो । ललितपुरकी सोनी पाख्रिनले १९ बलमा १ चौकासहित सर्वाधिक १५ रन बनाइन् । लक्ष्मी चौधरी र सीमना केसीले समान १० रन बनाए ।

ओपनर किरण कुँवर ३, कन्चन श्रेष्ठ ६, हेलिसा गुरुङ ३, अश्मिना कर्माचार्य ३ र सृष्टी जैशीले ७ रन बनाइन् । सुजता थापा ४ रनमा अविजित रहिन् ।

एपिएफकी राजमति ऐरीले ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिइन् । बिनु बुढामगरले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा, सीता रानामगर र सुष्मा श्रेष्ठले एक एक विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । यसअघिको खेलमा एपिएफका मध्यक्रम र तल्लोक्रमका ब्याटरले खेल्ने अवसर पाएका थिएनन् । शीर्षक्रमका ब्याटरले खेल सकाएका आएका थिए ।

एपिएफकी मध्यक्रमकी बायाँ हाते ब्याटर राजमति ऐरी ५२ बलमा ४ चौकासहित ४१ रनको अविजित इनिङ खेलिन् । मञ्जु मोकटी २ रनमा अविजित रहिन् । एक समय १०.४ ओभरमा ६०-५ को अवस्थामा पुगेको एपिएफलाई छैटौं विकेटको लागि बिनु बुढामगर र राजमति ऐरीले ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अनुभवी अलराउन्डर बिनुले १६ बलमा १२ रन बनाइन् ।

ओपनर ज्योति पाण्डे ६, कप्तान सीताराना मगर १९ बलमा ३ चौकासहित १९, इन्दु बर्मा ७, रोमा थापा ४ र सरिता मगर ६ रनमा आउट भइन् । ललितपुरकी सीमाना केसीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । सृष्टी जैशीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । सोनी पाख्रिन र मनिषा उपाध्यायले एक एक विकेट लिएका थिए ।

एपिएफ ४ खेलमा अपराजित हुँदै फाइनलमा पुगेको छ । आज कोशी र मधेशबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा कोशी विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ । यदि कोशी पराजित भएमा कोशीसँगै मधेश र सुदूरपश्चिमको समान ४ अंक हुनेछ । नेटरनरेटमा माथि रहने टोली फाइनलमा पुग्नेछ । फाइनल बिहीबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.